मोटरसाइकलमा भन्सार छलेको कपडासहित एक जना पक्राउ « Khabarhub

मोटरसाइकलमा भन्सार छलेको कपडासहित एक जना पक्राउ


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको कपडा दुईथान मोटरसाइकल सहित एकजना तस्कर लाई पक्राउ गरेको छ।

तस्करीको सामान मोटरसाइकल सहित पक्राउ पर्नेमा ईशनाथ नगरपालिका १ का ३७ वर्षीय राकेश पासवान रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले न्यून कारखानालाई बताएका छन्। 

जिल्ला प्रहरीबाट विशेष सूचनाको आधारमा गएको गस्ती टोलीले गौर नगरपालिका ४ लालबकैया नदीको छेउबाट दुईलाख २३ हजारको अवैध कपडा, नम्बर नभएको दुईथान मोटरसाइकल सहित पासवान लाई नियन्त्रणमा लिएको थियो। 

बरामद कपडा, मोटरसाइकलको कुल तीन लाख २३ हजार मूल्यांकन सहित पक्राउ पासवान लाई आवश्यक कारवाहीको लागि सोमवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

जिल्लामा नयाँ एसपीको रुपमा गिरीले कमान्ड सम्हाले देखी प्रहरीले सक्रियता बढाएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ४ : ५३ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा