मोटरसाइकलमा भन्सार छलेको कपडासहित एक जना पक्राउ « Khabarhub

मोटरसाइकलमा भन्सार छलेको कपडासहित एक जना पक्राउ


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको कपडा दुईथान मोटरसाइकल सहित एकजना तस्कर लाई पक्राउ गरेको छ।

तस्करीको सामान मोटरसाइकल सहित पक्राउ पर्नेमा ईशनाथ नगरपालिका १ का ३७ वर्षीय राकेश पासवान रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले न्यून कारखानालाई बताएका छन्। 

जिल्ला प्रहरीबाट विशेष सूचनाको आधारमा गएको गस्ती टोलीले गौर नगरपालिका ४ लालबकैया नदीको छेउबाट दुईलाख २३ हजारको अवैध कपडा, नम्बर नभएको दुईथान मोटरसाइकल सहित पासवान लाई नियन्त्रणमा लिएको थियो। 

बरामद कपडा, मोटरसाइकलको कुल तीन लाख २३ हजार मूल्यांकन सहित पक्राउ पासवान लाई आवश्यक कारवाहीको लागि सोमवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

जिल्लामा नयाँ एसपीको रुपमा गिरीले कमान्ड सम्हाले देखी प्रहरीले सक्रियता बढाएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ४ : ५३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल