डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन   « Khabarhub

डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन  


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालय अन्तर्गतका डिजिटल प्रविधिहरूलाई तत्कालै स्तरोन्नति गरी नागरिकलाई सेवा प्रवाह गर्न कडा निर्देशन दिएका छन् ।

नेपालमा सूचना प्रविधिको प्रयोग र विस्तार गरी नागरिकलाई सेवा दिनु पर्ने गरी मन्त्रालयले कार्ययोजना तय गरेको भए पनि मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरूको स्तरोन्नति गर्नमा भएको ढिलाइ र यसले नागरिकलाई सेवा प्रवाहमा देखिन सक्ने चुनौतीहरूलाई विश्लेषण गर्दा यो निर्देशन अर्थपूर्ण रहेको छ । 

सूचना प्रविधिलाई एकीकृत र प्रभावकारी तवरले विकास र विस्तार गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन के कसरी सकिन्छ भन्ने विषयमा आयोजना भएको छलफलमा मन्त्री भण्डारीले संसार भरी नै सूचना प्रविधिको प्रयोग गरी श्रम बजार व्यवस्थापन हुने गरेको र मन्त्रालयले समेत श्रम बजार सूचना प्रणालीको निर्माण कार्यहरूमा ढिलाइ गर्न नगर्न निर्देशन दिएका हुन् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवस देखि सञ्चालनमा आएको श्रम संसार पोर्टलमा वैदेशिक रोजगार, सीप विकास, श्रम तथा रोजगार सम्बद्ध सेवा लगायत श्रम तथा रोजगार सेवामा संलग्न सरोकारवालाहरूको विवरण समेत थप गरेर स्थानीय तहबाट सेवा प्रवाह गर्ने यथाशीघ्र कार्य अघि बढाउन मन्त्री भण्डारीले निर्देशन दिएका हुन् । 

मन्त्री भण्डारीले आन्तरिक रोजगार व्यवस्थापन महाशाखाले डिजिटलाइजेसन कार्यको नेतृत्व गर्न तथा फोकल पर्सन तथा मिति नै तोकेर काम गर्न निर्देशन दिएका छन् ।

आफू वैदेशिक रोजगारीका लागि गाउँ गाउँमा फैलिएका बिचौलिया नियन्त्रण गर्न समेत रोजगार सेवा केन्द्रको भूमिका रहेको अवस्थामा हाल कार्यरत जनशक्तिहरूको निरन्तरताका लागि चिन्तित भएको विषय उल्लेख गर्दै मन्त्री भण्डारीले आगामी वर्ष देखि राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड तथा राष्ट्रिय व्यावसायिक सीप प्रतिष्ठान लगायत सम्पूर्ण श्रम तथा सेवाहरू रोजगार सेवा केन्द्र मार्फत सेवा प्रवाह हुने जानकारी दिए ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ५ : ५४ बजे

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब