डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन   « Khabarhub

डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन  


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालय अन्तर्गतका डिजिटल प्रविधिहरूलाई तत्कालै स्तरोन्नति गरी नागरिकलाई सेवा प्रवाह गर्न कडा निर्देशन दिएका छन् ।

नेपालमा सूचना प्रविधिको प्रयोग र विस्तार गरी नागरिकलाई सेवा दिनु पर्ने गरी मन्त्रालयले कार्ययोजना तय गरेको भए पनि मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरूको स्तरोन्नति गर्नमा भएको ढिलाइ र यसले नागरिकलाई सेवा प्रवाहमा देखिन सक्ने चुनौतीहरूलाई विश्लेषण गर्दा यो निर्देशन अर्थपूर्ण रहेको छ । 

सूचना प्रविधिलाई एकीकृत र प्रभावकारी तवरले विकास र विस्तार गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन के कसरी सकिन्छ भन्ने विषयमा आयोजना भएको छलफलमा मन्त्री भण्डारीले संसार भरी नै सूचना प्रविधिको प्रयोग गरी श्रम बजार व्यवस्थापन हुने गरेको र मन्त्रालयले समेत श्रम बजार सूचना प्रणालीको निर्माण कार्यहरूमा ढिलाइ गर्न नगर्न निर्देशन दिएका हुन् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवस देखि सञ्चालनमा आएको श्रम संसार पोर्टलमा वैदेशिक रोजगार, सीप विकास, श्रम तथा रोजगार सम्बद्ध सेवा लगायत श्रम तथा रोजगार सेवामा संलग्न सरोकारवालाहरूको विवरण समेत थप गरेर स्थानीय तहबाट सेवा प्रवाह गर्ने यथाशीघ्र कार्य अघि बढाउन मन्त्री भण्डारीले निर्देशन दिएका हुन् । 

मन्त्री भण्डारीले आन्तरिक रोजगार व्यवस्थापन महाशाखाले डिजिटलाइजेसन कार्यको नेतृत्व गर्न तथा फोकल पर्सन तथा मिति नै तोकेर काम गर्न निर्देशन दिएका छन् ।

आफू वैदेशिक रोजगारीका लागि गाउँ गाउँमा फैलिएका बिचौलिया नियन्त्रण गर्न समेत रोजगार सेवा केन्द्रको भूमिका रहेको अवस्थामा हाल कार्यरत जनशक्तिहरूको निरन्तरताका लागि चिन्तित भएको विषय उल्लेख गर्दै मन्त्री भण्डारीले आगामी वर्ष देखि राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड तथा राष्ट्रिय व्यावसायिक सीप प्रतिष्ठान लगायत सम्पूर्ण श्रम तथा सेवाहरू रोजगार सेवा केन्द्र मार्फत सेवा प्रवाह हुने जानकारी दिए ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ५ : ५४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल