मिसेस टुरिजम क्विन इन्टरनेशनलमा सुमीले जितिन् दुई अवार्ड « Khabarhub

मिसेस टुरिजम क्विन इन्टरनेशनलमा सुमीले जितिन् दुई अवार्ड


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको दोस्रो संस्करणको ‘मिसेस भोग नेपाल–२०२५’ डा.सुमी मल्लले बैंककमा आयोजित एक अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई महत्त्वपूर्ण उपाधि जितेकी छन् । 

मंगलवार काठमाडौंमा हाउस अफ फेसन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार गत साता बैंककमा आयोजित ‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ डा. मल्लले दुई महत्त्वपूर्ण उपाधि जितेकी हुन् । 

वरिष्ठ दन्त चिकित्सकको रूपमा कार्यरत डा.मल्लले उक्त प्रतियोगितामा मिसेस इन्स्पिरेश्नल तथा सेकेन्ड रनर्स अपको उपाधि जित्न सफल भएकी छन् । 

पत्रकार सम्मेलनमा उक्त प्रतिस्पर्धामा जितेको क्राउन लगाएरै प्रस्तुत डा.मल्लले विश्वका विभिन्न २५ देशका प्रतिस्पर्धी प्रतिस्पर्धा गरेर दुई महत्त्वपूर्ण उपाधि जित्न सफल भएर नेपालको नाम राख्न सफल भएको प्रतिक्रिया दिएकी छन् । 

‘मुख्य उपाधि रसियाकी प्रतिस्पर्धीले जित्नु भयो, त्यो क्षण उहाँको पक्षमा रह्यो, तर नेपाली प्रतिस्पर्धीको रूपमा मैले पनि उत्कृष्ट प्रस्तुति दिन सफल भएँ, मुख्य उपाधि जित्न नसके पनि सेकेन्ड रनर्स अप तथा मिस इन्स्पिरेश्नल (सबैभन्दा प्रेरणादायी) को अवार्ड जित्नु आफैँमा उपलब्धिमूलक रहेको ठानेकी छु ।’ पाँच फिट ८ ईन्च अग्ली डा. मल्लले भनिन् । 

डा.मल्लले बैंककमा सम्पन्न उक्त प्रतियोगिताको क्रममा आफूलाई ‘मिसेस नेपाल’ भनेर गरिएको सम्बोधन, नेपालको पर्यटनका बारेमा राखिएको जिज्ञासा तथा तिनको समाधानको क्रममा आफू अझ बढी गौरवान्वित भएको धारणा व्यक्त गरिन् । 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ६ : ५१ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो