बाढीमा फसेकी एक वृद्धाको सकुशल उद्धार « Khabarhub

बाढीमा फसेकी एक वृद्धाको सकुशल उद्धार


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सिरहा– यहाँको मिर्चैया नगरपालिका–५ स्थित बतहा खोलामा आएको बाढीमा फसेकी एक वृद्ध महिलाको सकुशल उद्धार गरिएको छ । 

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोली र स्थानीयको सहयोगमा बाढीमा फसेकी ६० वर्षीया रामदुलारी ठाकुरको आज उद्धार गरिएको वडाध्यक्ष प्रदीपकुमार साहले जानकारी दिए । 

‘खेतमा भएको बाली हेर्न जाने क्रममा खोलाको बीच भागमा पुगेर उनी फसेकी रहेछन् । खबर पाउनासाथ इलाका प्रहरी कार्यालयको टोली र स्थानीय मिलेर करिब दुई घण्टाको प्रयासपछि सकुशल उद्धार गरिएको हो’, उनले भने।  

अध्यक्ष साहका अनुसार यस स्थानमा पुल निर्माणाधीन अवस्थामा छ । उक्त पुल समयमै सम्पन्न नहुँदा वर्षामा स्थानीयलाई आउजाउ गर्न समस्या हुँदै आएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ६ : २९ बजे

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब