भाटभटेनीबाट काजुदेखि ब्रान्डेड मदिरासमेत चोरियो, दोलखाका युवा भक्तपुरबाट पक्राउ « Khabarhub

भाटभटेनीबाट काजुदेखि ब्रान्डेड मदिरासमेत चोरियो, दोलखाका युवा भक्तपुरबाट पक्राउ


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही वैशाख २० गते काठमाडौं महानगरपालिका-५ नक्सालस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरबाट काजुदेखि ब्रान्डेड मदिरासमेत चोरी भएको खुलेको छ।

उक्त सुपरमार्केटको भुइँ तलास्थित ग्रोसरी डिपार्टबाट २ लाख १७ हजार ९६६ रुपैयाँ बराबरको समान चोरेर फरार दोलखाको बैतेश्वर गाउँपालिका-२ का ३७ वर्षीय बिमल बस्नेत पक्राउ परेका हुन् ।

हाल भक्तपुरको ठिमी बस्ने वर्ष उनलाई आइतबार नै पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति प्राप्त भइसकेको परिसरका प्रवक्ता एसपी अपीलराज बोहोराले बताए ।

चोरिएका सामान

१. ब्लु लेबल १ थान रु.३०,२६४।-

२. ग्लेण्डफिडिच १ थान रु.१६,१९६।-

३. ओल्ड दरवार १ थान रु.४,७५५।-

४. सुर्य चुरोट – ३० थान रु.१०,२००।-

५. आलमण्ड १५ केजी रु.२८,७२५।-

६. पिस्ता ८०० ग्राम १२ थान रु.२३,१९६।-

७. काजु ९०० ग्राम १० थान रु.२०,२३०।-

८. स्याफ्रान २५ थान रु.१३,७००।-

९. फिस वेल ६ थान रु.१९,५००।-

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ७ : ४६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल