बाढीले कमलाको काठेपुल बगाएपछि आवागमनमा समस्या « Khabarhub

बाढीले कमलाको काठेपुल बगाएपछि आवागमनमा समस्या


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको काठेपुल बाढीले बगाएपछि आवागमनमा समस्या भएको छ । आज बिहान आएको बाढीले पुल बगाएको हो ।

बाँसबाट बनाइएको यही काठेपुलबाट दैनिक सयौँ मोटरसाइकल तथा स्थानीयवासी ओहोरदोहोर गर्ने गरेका थिए । करिब १३ वर्षदेखि यहाँ निर्माणाधीन पक्की पुल अझै अधुरो छ ।

यहाँ छ महिनाअघि सिरहा नगरपालिकाले करिब दुई लाख रुपैयाँ खर्चेर अस्थायी काठेपुल निर्माण गरेको थियो ।

नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले बाढीले  उक्त पुल बगाएपछि आवागमनमा समस्या भएको बताए ।

‘बाढीले काठको पुल बगाएपछि यहाँ आवागमन नै बन्द हुन पुगेको छ । पैदलयात्रीहरू भने पुल छेउमा रहेको भर्‍याङबाट जोखिम मोल्दै आवतजावत गरिरहेका छन्’, वडाध्यक्ष यादवले भने, “हाल पानीको बहाव बढी रहेको र कम भएपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्छौं ।’

यहाँ वि.सं २०६८ जेठ ३१ बाट तीन वर्षमा सक्ने गरी ४६९ दशमलव दुई मिटर लामो पुलको निर्माण सुरु भएको थियो । पटक–पटक म्याद थप गरेर १० वर्षमा निर्माणको अन्तिम काम भइरहेका बेला वि.सं २०७८ असारमा आएको सामान्य बाढीले पुल भासिन पुग्यो ।

आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरी फेरि अन्तिम पटक म्याद थप गरिए पनि निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ ले बीचमै काम छोडेको छ । रासस

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ८ : ५२ बजे

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब