पुनःउत्पादित प्लाष्टिकको मानकीकरण चुनौतीपूर्ण : विज्ञ | Khabarhub Khabarhub

पुनःउत्पादित प्लाष्टिकको मानकीकरण चुनौतीपूर्ण : विज्ञ


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘रिसाइकल’ गरिएका प्लाष्टिकका उत्पादनको मानकीकरण चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन ।

काठमाडौंमा मंगलबार क्रिएसन नेपालद्धारा आयोजित ‘रिसाइकल’ गरिएका प्लाष्टिकको मानकीकरणका लागि मुख्य सरोकारवालाहरूकोको संवादका सहभागिहरूले प्लाष्टिक व्यवस्थापन चुनौतिपूर्ण रहेको बताएका हुन् ।

यसको सामना गर्न प्लाष्टिकको ‘रिसाइकल’ (पुनःउत्पादन)का लागि मानकीकरण तय गरेर र कानूनी आधार तयार गर्न आवश्यक रहेको उनीहरूले औँल्याए ।

विभिन्न थरीको प्लाष्टिक उपयोगमा रहेकोले त्यसको व्यवस्थापन’को लागि ‘रिसाइकल’ उपयुक्त विकल्प भएको प्राध्यापक डा. रामेश्वर अधिकारीले बताए । पूर्व वातावरणमन्त्री गणेश साहले प्लाष्टिक मानिसको जीवनमा अभिन्न सरह भइसकेकोले यसलाई नकार्नुभन्दा व्यवस्थापन र महत्त्वपूर्ण हुने र पुर्नप्रयोग सहयोगी हुने बताए ।

दक्षिण एशियाका लागि पलष्टिकमुक्त नदी तथा समुद्र आयोजना तथा क्रिएशनद्वारा आयोजित कार्यक्रम स्क्याप, यूएनओपिएस र विश्व बैंकको सहयोगमा कार्यान्यवन भएको हो ।

कार्यक्रममा सहभागिहरूले डेढ महिनाभित्र मानकीकरणको खाका तयार गर्नेमा सहमत देखिएका थिए । उनीहरूले नीति निर्माता रहेको राजनीतिकर्मीहरूलाई पनि यसबारे जानकार बनाउन जरुरी रहेको औल्याए ।

नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक आलोक मिश्राले आवश्यकता अध्ययन गरी स्ट्याण्डरहरू निर्धारित गर्ने गरेको बताउदै प्लाष्टिकको ‘रिसाइकल’का लागि मानकीकरण गर्न पनि विभाग साकारात्मक रहेको बताए ।

प्लाष्टिक रिसाइकल उद्यमी पंकज परियारले प्लाष्टिक पुर्नप्रयोग आफैँमा ठूलो आर्थिक स्रोत रहे पनि सबै फोहोरमा मोहर नभएको जिकिर गरे ।

मानव समाजको भविश्यका लागि प्लाष्टिक रिसाइकलमना जानै पर्ने उनले जिकिर गरे । आयातकर्ताले भन्सार बिन्दुमा र उद्योगीले उद्योगको तर्फबाट आफूले ल्याउने वा प्रयोग गर्ने प्लाष्टिकको परिमाण स्वःघोषणा गर्नुपर्ने बताए ।

वातावरण विभागका उपमहानिर्देशक शैलेश झाले वातावरणीय अध्ययनको पालनाको अनुगमन विभागले नियमित गरिरहेको दाबी गरे । रिसाइकलको लागि सरकार, निजी क्षेत्र र जनताबीच सहकार्य आवश्यक रहेको उनले बताए ।

प्लाष्टिक व्यवस्थापनमा समुदाय र केही स्थानीय तह सरकारसँग सहकार्य गरेर काम गर्दै आएको संस्था क्रिएशनकी महासचिव सुजाता कोइरालाले प्रदुषणकर्तालाई जिम्मेवार बनाउँदै रिसाइकलमा समेत उनीहरूको योगदान सुनिश्चित जरुरी रहेकोे बताइन् ।

केमिकल इन्जिनयिर राजेन्द्र जोशीले प्लाष्टिकलाई केमिकल प्रतिक्रिया गराएर पुनःप्रयोग गर्न सकिने सुझाए । उनले कवाडी संकलनजस्ता फोहोर संग जोडिएको पेशाप्रति हेय दृष्टी अन्त गर्नका सचेतना आवश्यक रहेको बताए ।

उद्यमविज्ञ अनिल चित्रकारले प्लाष्टिकको व्यवस्थापनको लागि सरकार, निजी क्षेत्र, अनुसन्धानमा लागेका विद्यार्थी र अध्ययेता लगायतसँगको सहकार्य आवश्यक रहेको बताए ।

क्रिएशनका संस्थापक अध्यक्ष आनन्द मिश्राले समापन मन्तव्य राख्दै पुनःप्रयोग गर्न सकिने प्लाष्टिकको उपयोग गर्दै जाँदा पुनःप्रयोग गर्न नसकिने भएपछि त्यसलाई व्यवस्थित नष्ट गर्नुको विकल्प नरहेको बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ९ : २२ बजे

क्लब विश्वकप: रियल म्याड्रिड नाटकीय जितसहित सेमिफाइनलमा

काठमाडौं – बोरुसिया डर्टमन्डलाइ ३-२ ले हराउँदै रियल म्याड्रिड फिफा

भोजपुरको धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या

भोजपुर– भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या

जोखिम बन्दै बेँसीसहर–चामे सडकयात्रा

लमजुङ– चट्टान खोपेर बनाइएको साँघुरा सडक, माथि हेर्दा आकाशै छोएझैँ

यी भूभागमा धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

क्लब विश्वकप : पिएसजी सेमिफाइनल प्रवेश

काठमाडौं – वायरन म्युनिखसँगको तनावपूर्ण खेलमा २-० को जितसहित पेरिस