अल्भारेजको गोलमा चिलीविरूद्ध अर्जेन्टिना विजयी « Khabarhub

अल्भारेजको गोलमा चिलीविरूद्ध अर्जेन्टिना विजयी


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एट्लेटिको म्याड्रिडका स्ट्राइकर जुलियन आल्भारेज लयमा रहँदा अर्जेन्टिनाले चिलीलाई १–० अन्तरले हराएको हो। अल्भारेजले थियागो अल्मादाबाट पास पाएपछि सटिक सटमार्फत उत्कृष्ट गोल गर्दै जित दिलाएका हुन् ।

लियोनल मेस्सी दोस्रो हाफमा मैदान प्रवेश गरे पनि खासै प्रभाव देखाउन सकेनन्। गोलकिपर एमिलियानो मार्टिनेजले दोस्रो हाफमा दुई निर्णायक बचाउ गरेका थिए ।

चिलीलाई हराएकोसहित १५ खेलपश्चात ३४ अंकसहित अर्जेन्टिना विश्वकपका लागि दक्षिण अमेरिकी समूहबाट शीर्ष स्थानमा छ । ऊ दोस्रो स्थानको इक्वेडरभन्दा १० अंकले अगाडि छ ।

चिली भने १० अंकसहित तालिकाको अन्तिम १० औं स्थानमा छ । चिली सातौं स्थानको भेनेजुएलाबाट ५ अंकले पछि परेको छ । जसले उनीहरूको विश्वकप छनोट सम्भावनालाई कठिन बनाएको छ।

उता पाराग्वेले उरुग्वेविरुद्ध १३ औं मिनेटमा माटियास गालार्जाको हेडर र अन्तिम क्षणमा हुलियो एन्सिसोको पेनाल्टीमार्फत २–० को जित निकालेको छ ।

यो नतिजाले उनीहरूलाई २०१० यता पहिलोपटक विश्वकपनजिक पुर्‍याएको छ। अब उनीहरूले ब्राजिलविरुद्ध साओ पाउलोमा जित निकाल्न सके विश्वकपमा सिधै छनोट हुनेछन्।

दश टोली सम्मिलित दक्षिण अमेरिकी छनोटमा शीर्ष ६ टोली सिधै विश्वकपमा पुग्नेछन् । सातौं टोलीले अन्तर-महादेशीय प्लेअफ खेल्नुपर्नेछ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  १२ : ३१ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक