‘सरकारले अपेक्षित परिणाम दिन सकेन, समीक्षा जरूरी भइसक्यो’ « Khabarhub

‘सरकारले अपेक्षित परिणाम दिन सकेन, समीक्षा जरूरी भइसक्यो’


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारको गतिकाबारे गम्भीर समीक्षा जरुरी रहेको बताएका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले ठूला दुई दल मिलेर बनेको वर्तमान सरकारले अपेक्षित परिणाम दिन नसकेको उल्लेख गरे ।

उनले सरकारलाई प्रभावकारी रुपमा अघि बढाउन चाँडै केन्द्रीय कार्यसमितिको बैठकले ठोस निर्णय गर्नेसमेत बताएका छन् ।

त्यस्तै उनले पतञ्जलि जग्गा प्रकरणमा अदालतको आदेश पर्खनुको विकल्प नभएको उल्लेख गरे ।

संवैधानिक निकायले कानुनअनुसार मुद्दा दर्ता गरेको र अदालतमा गएको विषय भएकाले अदालतलाई विश्वास गर्नुपर्ने पनि उनले बताए ।

त्यस्तै थापाले वर्तमान सरकार गठनका समयमा भएको सहमतिअनुसार संविधन संशोधनसम्बन्धी समिति बनाउन ढिलाइ भएको उल्लेख गरे ।

चाँडै नै समिति बनाएर संविधान संसोधनको एजेण्डा टुङ्गो लगाई प्रक्रियामा लैजाने उनले बताएका छन् ।

महामन्त्री थापाले ०८३ सालको मंसिरमा महाधिवेशन हुने गरी पार्टी सदस्यता लगायत विषयहरूमा काम गरिरहेको बता

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ३ : ०२ बजे

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,

एमाले स्थायी कमिटी बैठक सुरू, वरिष्ठ नेता बनेपछि पहिलोपटक विद्या पनि सहभागी

काठमाडौं– नेकपा (एमाले)को प्रथम स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालयमा