भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल « Khabarhub

भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

श्रीनगर-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु-कश्मीरको रियासी जिल्लामा चिनाब नदीमाथि बनेको विश्वकै अग्लो रेल आर्च पुलको शुक्रबार उद्घाटन गरेका छन्।

उनले त्यहाँबाट चिनाब पुल, अञ्जी पुल र कटराबाट कश्मीरसम्मको पहिलो वन्दे भारत रेललाई हरियो झण्डा देखाउँदै सञ्चालनमा ल्याए । प्रधानमन्त्री मोदी २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलापछि पहिलोपटक कश्मीर पुगेका हुन्।

४२ मिनेटको सम्बोधनमा प्रधानमन्त्री मोदीले आतंकवाद, पाकिस्तान, कश्मीरको पर्यटन र विकासबारे बोले । ‘२२ अप्रिलमा पाकिस्तानले पहलगाममा मानवता र कश्मीरीमाथि हमला गर्‍यो। हामीले ६ मेमा त्यसको जवाफ कयामतले दियौं।’

उनले पहलगाममा भएको हमला कश्मीरको आमदानी स्रोत, विशेषगरी पर्यटकहरूमाथि लक्षित रहेको बताए । उक्त आम्दानीले स्थानीय मजदुर र व्यवसायीको रोजगारी धानेको पनि उनले उल्लेख गरे ।

विकास र समावेशी योजनामा जोड

प्रधानमन्त्री मोदीले एनडीए सरकारको ११ वर्षको कार्यकाललाई ‘गरिब कल्याण र सामाजिक उत्थान’ को युगको रूपमा वर्णन गरे।

यो पुल बनेसँगै अब नयाँदिल्लीबाट कश्मीरसम्म वन्दे भारत रेल जाने भएको छ। कटरा–श्रीनगर वन्दे भारत एक्सप्रेस ७ जुनदेखि चल्ने भएको छ। यस रेलमार्गले जम्मु–कश्मीरबीचको १० घण्टाको यात्रालाई मात्र ३ घण्टामा झारेको छ ।

३५९ मिटर अग्लो छ । जुन फ्रान्सको एफिल टावरभन्दा अग्लो हो । अब यो पुल विश्वकै अग्लो आर्च रेल पुलका रूपमा चिनिएको छ ।

यो पुलले ३२७ किमी प्रतिघण्टा गतिसम्मको हावामा पनि सहनसक्ने क्षमता राख्दछ। भूकम्प प्रतिरोधी, विस्फोट प्रतिरोधी, अत्यन्तै कठिन भौगोलिक परिस्थितिमा यो पुल निर्माण गरिएको हो ।

यस पुल बनेसँगै कश्मीर अब रेलमार्गद्वारा भारतको बाँकी भागसँग वर्षैभरि जोडिनेछ । जसले जनजीवन, सुरक्षातन्त्र र आर्थिक गतिविधि बढाउने विश्वास भारतले लिएको छ ।

अर्कातिर अञ्जी पुल भारतको पहिलो केबल स्टे रेल पुल भएको छ । जुन ३३१ मिटर अग्लो छ जसले कटरा–रियासीलाई जोड्छ।

यी पुलहरू २७२ किलोमिटर लामो उधमपुर–श्रीनगर–बारामुला रेल लिंक परियोजनाका हिस्सा हुन् । जुन सन् १९९७ मा सुरु भएको थियो । यो परियोजना पूरा हुन २८ वर्ष लाग्यो।

यो परियोजनाअन्तर्गत ३६ वटा सुरुङ बनेका छन् । जसमध्ये सबैभन्दा लामो ती-५० टनेल (१२.७७ किमी) को रहेको छ । यो परियोजनामा १३ किलाेमिटर लामा ९४३ वटा पुल बनेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ३ : २४ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले