मौसमी जटिलताका कारण पाकिस्तानका विद्यालय बन्द « Khabarhub

मौसमी जटिलताका कारण पाकिस्तानका विद्यालय बन्द


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी जटिलताका कारण विद्यालय बन्द हुँदा पाकिस्तानका विद्यालयहरू बन्द भएका छन् । 

गर्मी, विषाक्त धुवाँ र असामान्य चिसोका कारण उत्पन्न जोखिमबाट बच्चाहरूलाई जोगाउने उद्देश्यले विद्यालय बन्द गरेको प्रशासनले जनाएको छ ।  

गर्मीले मे महिनामा पन्जाबमा ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट) सम्म तापक्रम पुगेकाले  धेरै प्रान्तहरूमा विद्यालयको समय कटौती गरी गर्मी बिदा दिइएको हो । 

पाकिस्तानमा धेरै मौसमी चुनौती रहेकाले विद्यार्थीहरू लामो समयसम्म गर्मी  र धुवाँबाट प्रभावित भएको र यसबाट सुरक्षाका लागि विद्यालय बन्द गरिएको लाहोरस्थित शैक्षिक अभियन्ता बेला रजा जामिलले बताइन् ।  

सरकारी तथ्याङ्क अनुसार पाकिस्तानी विद्यालय जाने उमेरका लगभग एक तिहाइ अर्थात् दुई करोड ६० लाखभन्दा बढी बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् । यसै गरी, ६५ प्रतिशत बालबालिकाहरू १० वर्षको उमेरसम्म पनि उपयुक्त सामग्री पढ्न असमर्थ छन् । 

वायु प्रदूषणका कारण गत वर्ष पनि नोभेम्बरमा दुई हप्ता, गर्मीका कारण मेमा एक हप्ता बिदा दिइएको थियो । यो वर्ष जनवरीमा चिसोका कारण तिन हप्ता बिदा भएका थिए भने मेमा गर्मीका कारण दुई हप्ता विद्यालय बन्द रहनेछन् । 

पाकिस्तानको बलुचिस्तान प्रान्तमा मे महिनाको गर्मीले गर्दा तीन वर्षसम्म लगातार गर्मी बिदा गर्नुपर्ने अवस्था निम्त्याएको छ । 

दक्षिणी सिन्ध प्रान्तमा पनि अभिभावकहरूको बढ्दो मागका बाबजुद अधिकारीहरूले गर्मीसँग सम्बन्धित शैक्षिक बन्दको विरोध गरेका छन् ।

‘यस्तो मौसममा अभिभावकहरू बालबालिकालाई विद्यालय पठाउन गाह्रो मान्ने गरेका छन्,’ स्थानीय एक निजी विद्यालयका प्रिन्सिपल सादिक हुसेनले बताए ।  

मौसमी जटिलताले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्य प्रभावित भइरहेको अल सिन्ध प्राइभेट स्कुल एन्ड कलेज एसोसिएसनका महासचिव दोस्त मोहम्मद दानिशले बताए ।  

शिक्षक, अभिभावक र शिक्षा विज्ञहरू विद्यालय र परीक्षाको समय तालिका तथा बिदाहरूमा पुनर्विचार गर्नुपर्ने बताउँछन् ।

विश्व बैङ्कका वरिष्ठ शिक्षा विशेषज्ञ इजजा फर्राखले जलवायु परिवर्तनसँग सम्बन्धित प्रभावले बालबालिकाको सिक्ने समयलाई असर गरिरहेको बताइन् । 

सिन्ध प्रान्तमा विश्व बैङ्कको ऋणबाट वित्त पोषित भई सुविधा सम्पन्न विद्यालयहरू निर्माण भइरहेका छन् ।  यहाँ बालबालिकाहरू मौसमी जटीलताको सामना गर्दै पठन पाठन गर्न सक्छन् ।  

तर पाकिस्तानका अन्य ग्रामीण स्थानहरूमा सन् २०२२ को बाढीबाट विद्यालयहरू क्षतिग्रस्त भएका थिए । ती स्थानमा बालबालिकाहरू विद्यालय भवन बाहिर असुरक्षित रूपमा सिक्न बाध्य छन् । रासस
 

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ५ : १० बजे

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,

एमाले स्थायी कमिटी बैठक सुरू, वरिष्ठ नेता बनेपछि पहिलोपटक विद्या पनि सहभागी

काठमाडौं– नेकपा (एमाले)को प्रथम स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालयमा