सीप मेलाका लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता « Khabarhub

सीप मेलाका लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेल फाउन्डेसनले ‘सिप मेला २०८२’ को लागि काठमाडौं महानगरपालिकासँग साझेदारी गरेको छ ।  सिप विकास अन्तर्गत महानगरले आयोजना गरेको यो सबैभन्दा ठूलो सिप विकास कार्यक्रम हो । 

यस कार्यक्रम अन्तर्गत, व्यवहारिक र  रोजगारीमुखी सीपमा तालिम दिइने लक्ष्य लिइएको छ, जसले सहभागीहरूको रोजगारी सम्भावना वृद्धि गर्दै दिगो जीविकोपार्जनमा सहयोग पुऱ्याउने छ । 

काठमाडौं महानगरपालिकाद्वारा जेठ २१ गते काठमाडौंको टुंडिखेलमा सम्झौता पत्र हस्ताक्षर कार्यक्रममाझ काठमाडौं महानगरपालिका र एनसेलबीच सम्झौता पत्रमा हस्ताक्षर तथा आदानप्रदान गरिएको हो । 

काठमाडौं महानगरपालिकातर्फबाट सिप मेला २०८२ कार्यान्वयन समितिका संयोजक शैलेन्द्र झा र गतिशील अभियान नेपालका तर्फबाट अध्यक्ष रामजी प्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् भने एनसेलकोतर्फबाट एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर, विशाखा लक्ष्मी खड्का र कर्पोरेट एन्ड रेगुलेटरी अफेयर्स डाईरेक्टर डिल्लीराम श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

‘एनसेल फाउन्डेसनमा हामी सिप अभिवृद्धि नै रोजगारीको सम्भावना बढाउने र दिगो जीविकोपार्जनको आधार निर्माण गर्ने प्रमुख उपाय हो भन्ने विश्वास गर्छौँ। सिप मेलामा काठमाडौं महानगरपालिकासँगको सहकार्यबाट युवाहरूलाई व्यवहारिक सिपहरू प्रदान गरी आजको परिवर्तनशील रोजगारी बजारमा सफल हुन सघाउने विश्वास लिएका छौँ,’ एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर, विशाखा लक्ष्मी खड्काले भनिन् । 

जेठ ७ गतेदेखि सुरु भएको सिप मेलामा हाल १० क्षेत्रमा आधारित ३७ पेसामा २,४२४ जनालाई सीप तालिम प्रदान गरिरहेको छ । यसमा आइसिटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, कृतिम बौद्धिकता (एआइ) र यसको प्रयोग (एआइ एन्ड इट्स एप्लिकेसन) गरी १२ पेशा छन् । ब्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (कृतिम कपाल बनाउने) सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (बार्बर) पेशा छन् । 

विशेष क्षमता सहयोगी तालिम (स्पेशल एविलिटी सपोर्ट स्किल) यस वर्ष थपिएको क्षेत्र हो । यसअन्तर्गत हाउस किपिङ् र केयर सर्भिस गरी २ वटा पेशाका तालिम चलिरहेका छन् । हाउस किपिङ् बहिरा अपाङ्गता भएका बालबालिकाका सहजकर्ताका लागि हो भने केयर सर्भिस डाउन सिन्ड्रोम, अटिजम भएका बालबालिकाहरूको सहजकर्ताका लागि हो । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ्, मोबाइल रिपेयरिङ् गरी ४ वटा पेशाका तालिम सञ्चालित छन् ।

गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ् गरी २ वटा पेशाका तालिम छन् ।  अन्य धेरै तालिमहरु छन् ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ८ : १० बजे

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा