अन्तर्राष्ट्रिय सम्बन्धसहित सातवटा समितिको बैठक बस्दै « Khabarhub

अन्तर्राष्ट्रिय सम्बन्धसहित सातवटा समितिको बैठक बस्दै


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न सातवटा समितिको बैठक बस्दै छन् । आज (आइतबार) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेका हुन् । सबै बैठक सिंहदरबारस्थित आआफ्नै सभाकक्षमा बस्ने छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा नेपाल हवाई सेवा प्राधिकण विधेयक, २०८१ माथि संशोधनकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सांसद सदस्यहरूसँग छलफल हुनेछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नेपाल सरकारद्वारा किसानहरूलाई अनुदान उपलब्ध गराउने रासायनिक मलको आयात तथा बिक्री वितरणका लागि निर्धारण भएको कोटाका सम्बन्धमा छलफल हुनेछ ।

पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विद्युत विधेयक–२०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक–२०८१, सुनकोशी मरिन डाइभर्सन आयोजनालगायत विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदा उपर छलफल गर्ने कार्यसूची छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गरिनेछ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : ४४ बजे

५० प्रतिशत अनुदानमा मुर्रा क्रस भैँसी वितरण

सर्लाही – व्यावसायिक पशुपालनमा प्रोत्साहन तथा दूध र मासु उत्पादनको

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

गणेश नेपालीको निधनप्रति यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पठाओ चालक गणेश

गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु चिन्तित

पाँचथर – यहाँ उत्पादित गोलभेँडाले उचित मूल्य नपाउँदा किसान समस्यामा

भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजिल्याण्डमा

अकल्यान्ड – दुई देशबीच व्यापार, लगानी र रणनीतिक साझेदारी द्रुत