सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन | Khabarhub Khabarhub

सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सहज रूपमा रासायनिक मल वितरणको आवश्यक प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ ।  

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले किसानलाई मल अभाव हुन नदिन सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको निगरानीमा रासायनिक मल वितरणको आवश्यक प्रबन्ध गर्न कृषि मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले स्थानीयस्तरमा रासायनिक मलको आवश्यकता अनुसार सहज र सर्वसुलभ उपलब्धता सुनिश्चितताका लागि स्थानीय तहमा रासायनिक मलको भण्डारण स्थल निर्माण गर्न समेत निर्देशन दिएको छ । 

नेपालमा रासायनिक मलको सहज, सुलभ र गुणस्तरीय आपूर्ति तथा बिक्री वितरणको सुनिश्चितताका लागि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको रासायनिक मलको आयातको कोटा वृद्धिको मागलाई समेत ध्यान दिन निर्देशन दिएको समिति सभापति अब्दुल खानले जानकारी दिए ।

रासायनिक मलको आयात तथा विक्री वितरणमा संलग्न संस्थाको क्षमता र आयात तथा बिक्री वितरणको हालको अवस्था विश्लेषणका आधारमा रासायनिक मलको कोटाको पुनरावलोकन गरी प्रतिशत निर्धारण गर्न समेत उद्योग मन्त्रालय र कृषि मन्त्रालयलाई निर्देशन दिइएको सभापति खानले बताए ।

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयमा नै मल प्रयोग गर्न नपाए उत्पादनमा समस्या हुने भएकाले किसानले चाहेकै समयमा मल उपलब्ध गराउन प्रयासरत रहेको बताए । 

अहिलेको अवस्थामा मलको कोटा बढाउन सक्ने अवस्था नरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले रासायनिक मल खरिदका लागि पनि छुट्टै संस्थाको आवश्यकता देखिएको बताए  ।

उनले किसानसमक्ष समयमा नै मल र बिउ पुराउन सक्ने गरी आवश्यक कानूनको खोजी भइरहेको उल्लेख गरे । बैठकमा समिति सदस्यहरूले हरेक वर्ष किसानलाई मल समस्या हुने गरेकाले यसको दीर्घकालीन समाधानको खोजी गर्नुपर्नेमा जोड दिएका दिए । 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ३ : १३ बजे

जसपाका फरार नेता यादवको आपत्तिजनक भनाइ- नेपालबाट मधेश एक दिन अलग हुन्छ, भारतले सघाउँछ

काठमाडौं- प्रहरीको खोजीमा रहेका जनता समाजवादी पार्टी (जसपा) का मधेश

गृहमन्त्रीलाई प्रभु साहको प्रश्न- तपाईँको कमान्डमा सुरक्षा निकाय छ कि छैन ?

काठमाडौं– प्रतिनिधिसभा सदस्य प्रभु साहले सुरक्षा निकायका सिपाहीहरूलाई घरेलु काममा

संसद्‍मा गोकुल बाँस्कोटाको आक्रोश- असार लागेपछि मल र मन्त्री हराउँछन् 

काठमाडौं- नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले किसानले मलखाध नपाएको भन्दै

रविको पक्षमा कलाकारको हस्ताक्षर : राष्ट्रका गहना दल विशेषको शिखण्डी बन्नु कति उचित ?

काठमाडौं – सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

इयूलाई ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न एप्पलको आग्रह

एजेन्सी – युरोपेली सङ्घ (इयू) ले लगाएको ५० करोड युरो