बलबहादुर केसीले भने- रामचन्द्रलाई गोविन्दराज रोक्नै पर्ने, शेरबहादुरलाई पुष्कर ओझा नरोकी नहुने « Khabarhub

बलबहादुर केसीले भने- रामचन्द्रलाई गोविन्दराज रोक्नै पर्ने, शेरबहादुरलाई पुष्कर ओझा नरोकी नहुने


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टी ठीक ढंगले चल्न नसकेको बताएका छन्।

ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा आइतबार जारी केन्द्रीय कार्यसमिति बैठकमा नेता केसीले पार्टी संगठन, अनुशासन, भ्रातृसंस्थाको भूमिका र नेताहरूको हस्तक्षेपबारे टिप्पणी गर्दै अब गम्भीर आत्ममूल्यांकनको आवश्यकता रहेको बताए।

केसीले पार्टीको समग्र अवस्था माथि प्रश्न उठाए । २०७९ मा सोलुखुम्बुबाट हारेपछि एमाले उम्मेदवार मानवीर राईलाई पहिलो बधाई आफैंले दिएको बताउँदै उनले पार्टी ठीक ढंगले चलेको छ कि छैन भन्ने समीक्षा अब हुनुपर्ने बताए ।

केसीले २०४८ सालदेखि अहिलेसम्म सातपटक चुनाव लडेको उल्लेख गर्दै भने, ‘अहिले पार्टी सबैभन्दा राम्रो चलेको छ भन्नेहरू छन्, फेरि राम्रो चलेको छैन भन्नेहरू पनि छन्। तर ठ्याक्कै सत्य र तथ्य के हो, त्यो हामीले खुलेर भन्न सक्नुपर्छ।’

भ्रातृसंस्थाहरू काम गर्न नसकेको मुख्य कारण कांग्रेसको केन्द्रीय नेतृत्वको हस्तक्षेप भएको भन्दै उनले यसमा गम्भीर प्रश्न उठाए । ‘हामीले कसैलाई जिम्मा त लगायौँ, तर के उसले काम गर्न पायो ? हस्तक्षेप नगरी अधिवेशन नै हुन सक्दैन भन्ने स्थिति आएको छ’, उनले भने ।

अनुशासन कारबाहीमा निष्पक्षता हुनुपर्नेमा जोड दिँदै केसीले विगतका घटनाहरू उदाहरणका रूपमा प्रस्तुत गरे।

‘रामचन्द्रजी (रामचन्द्र पौडेल) ले गोविन्दराज जोशीलाई र शेरबहादुरजीले पुष्कर ओझलाई नरोकी नहुने यो कस्तो बाध्यता हो ? तर ती निर्णयले भोलि पार्टीलाई के असर पार्छ भन्ने सोचिएको छैन’, उनले भने ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा पुष्कर ओझा कैलाली ५ बाट टिकटको आकांक्षी थिए । तर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट थिए । आरजु एमालेका नारदमुनि रानासँग त्यसबेला हारिन् । उक्त चुनावमा असहयोग गरेको भन्दै कांग्रेसले देउवाकै जोडबलमा ओझालाई क्रियाशील सदस्य नरहने गरी कारबाही गरेको थियो ।

यता वर्तमान राष्ट्रपति पौडेल र नेता गोविन्दराज जोशीबीच तनहुँमा चलेको द्वन्द्व पुरानै हो । पौडेलले आफूलाई छेक्न लागेपछि जोशीले कांग्रेसबाट कारबाही भोगेरै भए पनि पार्टीविरुद्ध लागेका थिए ।

केसीले सोलुखुम्बुबाट निर्वाचित महिला संघ सभापतिलाई हटाएर अरूलाई जिम्मा दिइनु अनुचित र मनपरी भएको आरोप लगाए।

‘कसैलाई मन नपरेको भन्दै हटाउने परिपाटी गलत हो। यस्तो कारबाहीले कार्यकर्तामा असन्तुष्टि र अविश्वास बढाउँछ,’ उनले स्पष्ट चेतावनी दिए।

उनले पार्टी एकताका क्रममा २०४८ सालमा आफूसहित भरत शमशेर र कुवेर शर्मालाई किसुनजी (कृष्णप्रसाद भट्टराई) ले पार्टीबाट निकालेको प्रसंग सुनाए । ‘ती निर्णयहरू तत्कालीन सन्दर्भमा भए पनि त्यसले नेतृत्वको निर्णय क्षमतामा असर परेको थियो। अब हामीले त्यस्ता पुनरावृत्ति हुन दिनु हुँदैन’, उनले भने ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ४ : १८ बजे

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा