बलबहादुर केसीले भने- रामचन्द्रलाई गोविन्दराज रोक्नै पर्ने, शेरबहादुरलाई पुष्कर ओझा नरोकी नहुने | Khabarhub Khabarhub

बलबहादुर केसीले भने- रामचन्द्रलाई गोविन्दराज रोक्नै पर्ने, शेरबहादुरलाई पुष्कर ओझा नरोकी नहुने


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टी ठीक ढंगले चल्न नसकेको बताएका छन्।

ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा आइतबार जारी केन्द्रीय कार्यसमिति बैठकमा नेता केसीले पार्टी संगठन, अनुशासन, भ्रातृसंस्थाको भूमिका र नेताहरूको हस्तक्षेपबारे टिप्पणी गर्दै अब गम्भीर आत्ममूल्यांकनको आवश्यकता रहेको बताए।

केसीले पार्टीको समग्र अवस्था माथि प्रश्न उठाए । २०७९ मा सोलुखुम्बुबाट हारेपछि एमाले उम्मेदवार मानवीर राईलाई पहिलो बधाई आफैंले दिएको बताउँदै उनले पार्टी ठीक ढंगले चलेको छ कि छैन भन्ने समीक्षा अब हुनुपर्ने बताए ।

केसीले २०४८ सालदेखि अहिलेसम्म सातपटक चुनाव लडेको उल्लेख गर्दै भने, ‘अहिले पार्टी सबैभन्दा राम्रो चलेको छ भन्नेहरू छन्, फेरि राम्रो चलेको छैन भन्नेहरू पनि छन्। तर ठ्याक्कै सत्य र तथ्य के हो, त्यो हामीले खुलेर भन्न सक्नुपर्छ।’

भ्रातृसंस्थाहरू काम गर्न नसकेको मुख्य कारण कांग्रेसको केन्द्रीय नेतृत्वको हस्तक्षेप भएको भन्दै उनले यसमा गम्भीर प्रश्न उठाए । ‘हामीले कसैलाई जिम्मा त लगायौँ, तर के उसले काम गर्न पायो ? हस्तक्षेप नगरी अधिवेशन नै हुन सक्दैन भन्ने स्थिति आएको छ’, उनले भने ।

अनुशासन कारबाहीमा निष्पक्षता हुनुपर्नेमा जोड दिँदै केसीले विगतका घटनाहरू उदाहरणका रूपमा प्रस्तुत गरे।

‘रामचन्द्रजी (रामचन्द्र पौडेल) ले गोविन्दराज जोशीलाई र शेरबहादुरजीले पुष्कर ओझलाई नरोकी नहुने यो कस्तो बाध्यता हो ? तर ती निर्णयले भोलि पार्टीलाई के असर पार्छ भन्ने सोचिएको छैन’, उनले भने ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा पुष्कर ओझा कैलाली ५ बाट टिकटको आकांक्षी थिए । तर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट थिए । आरजु एमालेका नारदमुनि रानासँग त्यसबेला हारिन् । उक्त चुनावमा असहयोग गरेको भन्दै कांग्रेसले देउवाकै जोडबलमा ओझालाई क्रियाशील सदस्य नरहने गरी कारबाही गरेको थियो ।

यता वर्तमान राष्ट्रपति पौडेल र नेता गोविन्दराज जोशीबीच तनहुँमा चलेको द्वन्द्व पुरानै हो । पौडेलले आफूलाई छेक्न लागेपछि जोशीले कांग्रेसबाट कारबाही भोगेरै भए पनि पार्टीविरुद्ध लागेका थिए ।

केसीले सोलुखुम्बुबाट निर्वाचित महिला संघ सभापतिलाई हटाएर अरूलाई जिम्मा दिइनु अनुचित र मनपरी भएको आरोप लगाए।

‘कसैलाई मन नपरेको भन्दै हटाउने परिपाटी गलत हो। यस्तो कारबाहीले कार्यकर्तामा असन्तुष्टि र अविश्वास बढाउँछ,’ उनले स्पष्ट चेतावनी दिए।

उनले पार्टी एकताका क्रममा २०४८ सालमा आफूसहित भरत शमशेर र कुवेर शर्मालाई किसुनजी (कृष्णप्रसाद भट्टराई) ले पार्टीबाट निकालेको प्रसंग सुनाए । ‘ती निर्णयहरू तत्कालीन सन्दर्भमा भए पनि त्यसले नेतृत्वको निर्णय क्षमतामा असर परेको थियो। अब हामीले त्यस्ता पुनरावृत्ति हुन दिनु हुँदैन’, उनले भने ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ४ : १८ बजे

रिक्त चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि संक्षिप्त सूचि सार्वजनिक

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त भएका चार स्वास्थ्य विज्ञान

कर्णाली प्रदेशको अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस

सुर्खेत– कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन आज

नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली

कठैबरा सञ्चारमन्त्री ! छापाखाना ऐन फेरिँदा छक्क !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेको प्रचण्ड बहुमत रहेको प्रतिनिधिसभा

ट्रान्सफर्मर चोरी घटनामा १२ जना पक्राउ, ठूलो परिमाणमा तामाको तार बरामद

विराटनगर– कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विद्युत ट्रान्सफर्मर चोरी घटना