तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै « Khabarhub

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

अमरगढी– विभिन्न आधुनिक प्रविधिका सामग्री भित्रिएसँगै पुराना प्रविधि लोप हुँदै गएका छन् । गाउँघरमा हातले कुँदेर बनाइएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगले हराउँदै गएका हुन् ।

यी सामानको सट्टामा अहिले बजारमा आधुनिक उपकरणबाट उत्पादित सामान भित्रिन थालेका छन् । तामाको भाँडाको सट्टामा स्टिल, प्लास्टिकका भाँडाको प्रयोग बढ्दो छ । 

अमरगढी नगरपालिका–६ छचोडाका लक्ष्मी टमाटाको घरमा कुनै समय नयाँ भाँडा बनाउने, पुरानो तामाका भाँडालाई नयाँस्वरुप र शैलीमा फरक किसिमको बनाउने गरिन्थ्यो । आजभोलि कारोबार सुनसान बनेको उनले बताइन् ।

आफूलाई धातुका र तामाका आकर्षक भाँडाकुँडा बनाउने सीप भए पनि यसले बजार नपाउँदा नासिँने अवस्थामा पुगेको टमाटाको गुनासो छ । बजारमा नयाँ तथा आकर्षक भाँडाले कब्जा जमाएसँगै तामा र फलामबाट बनेका भाँडाकुँडाले बजार पाउन नसकेको उनले उल्लेख गरिन् ।

‘यो क्षेत्रमा अधिकांशले तामाका भाँडा बनाएर जीविकोपार्जन गर्दथे, यतिखेर स्टिल र प्लास्टिकका भाँडाको प्रयोगले व्यवसाय लोप हुँदै गएको छ’, टमाटाले भनिन् ।

आधुनिक उपकरणद्वारा निर्मित सामग्री बजारमा आउन थालेपछि प्रतिस्पर्धा गर्न नसक्नु, तामाका सामग्रीको उपयोग कम हुँदै जानुलगायत कारणले गर्दा विस्थापित हुन पुगेको उनको भनाइ छ । 

स्थानीय प्रविधिको उपयोग गरी निर्मित अमखोरा, तमौरा, गाग्री, मानालगायत वस्तु अहिले लोप हुँदै गएका पुराना आरन व्यवसायी तेजबहादुर ताम्राकारले बताए ।

डडेल्धुराको अमरगढी नगरपालिकाका छचोडा, कोटेली, पोखरा आलितालको डोला, गाङखेत, हर्तकालगायत २५ भन्दा बढी ठाउँका आरन व्यवसायीले यही पेसाबाट दैनिकी चलाउने गरेको बताएका छन् । पछिल्लो समय कारोबार घट्दै गएपछि व्यवसाय हराउने जोखिम बढ्नुका साथै विदेश जाने युवाको सङ्ख्या पनि बढ्दै गएको ताम्राकारले बताए  ।

घरेलु उद्योगभित्र पर्ने भए पनि यस्ता उद्योगलाई निरन्तरता दिन सरोकार भएका निकाय तथा स्थानीय सरकारबाट पहल नभएको उनले गुनासो गरे । 

जिल्लालाई तामाका भाँडाका लागि प्रख्यात बनाउन सकिने सम्भावना भए पनि कुनै निकायले संरक्षणका लागि पहल नगर्नु चिन्ताको विषय भएको आरन व्यवसायीको भनाइ छ । रासस
 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ४ : ४९ बजे

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा

इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत पाकिस्तानी गुप्तचर एजेन्टको ‘हनी ट्र्याप’ (प्रेम जाल)