एसईई परीक्षामा ग्रेडेड विद्यार्थीलाई गाउँपालिकाको सम्मान « Khabarhub

एसईई परीक्षामा ग्रेडेड विद्यार्थीलाई गाउँपालिकाको सम्मान


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काभ्रे– बेथानचोक गाउँपालिकाले २०८१ सालको एसईई परीक्षामा ग्रेडेड विद्यार्थीहरूलाई सम्मान गरेको छ । गाउँपालिका भित्रका १० वटै माध्यमिक विद्यालयबाट एसईई परीक्षामा ग्रेडेड विद्यार्थीहरूलाई गाउँपालिकाको सभाहलमा एक कार्यक्रमबीच सम्मान गरेको हो ।

कार्यक्रममा ग्रेडेड विद्यार्थीहरूलाई बधाई व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले गाउँपालिकाले ८९.३५ प्रतिशत विद्यार्थी ग्रेडेड गराउनु उपलब्धि भएको बताए । 

असोज महिनाको कहालीलाग्दो बाढी पहिरोको कहरबीच प्राप्त सफलता प्रशंसा योग्य भएको बताए । उनले परीक्षामा सफल विद्यार्थीबाट गाउँपालिकाले अनि राष्ट्रले नै ठूलो अपेक्षा राखेकाले उच्च शिक्षामा राम्रोसँग अध्ययन गर्न आग्रह गरे ।

गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिसकेको र उच्च शिक्षामा पनि छोरी बुहारी निःशुल्क शिक्षाको अवधारणा ल्याएकोले भावी दिनका अध्ययनका लागि गाउँपालिका भित्रकै शिक्षालय रोज्न आग्रह गरे । 

उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिका भित्रै प्राविधिक धारका उच्च शिक्षा अध्यापनको व्यवस्था रहेकोले प्राविधिक शिक्षामै जोड दिन विद्यार्थीहरूलाई आग्रह गरिन् । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले गाउँपालिकाले शिक्षामा गरेको लगानीले नै उत्कृष्ट नतिजा आएको बताउँदै थप जिम्मेवार भएर काम गर्न मातहतलाई आग्रह गरे । कार्यक्रममा शिक्षा शाखा प्रमुख पुष्पा राईले सबैको साझा प्रयासले गाउँपालिकाले आशातीत नतिजा ल्याएको बताइन् ।

गाउँपालिकाका १० वटा मध्ये २ वटा विद्यालयले शतप्रतिशत विद्यार्थी ग्रेडेड गराउन सफल भएका छन् । जसमा वडा नं. ४ को भूमिमाता माध्यमिक विद्यालय र वडा नं. ५ को आत्मा विकास माध्यमिक विद्यालय रहेका छन् । 

यस्तै पार्वती माध्यमिक विद्यालयले ९८.३८  प्रतिशत विद्यार्थीलाई ग्रेडेड गराउन सफल भएको छ । गाउँपालिकाबाट उत्कृट जिपिए ल्याउने उत्कृष्ट ५ भित्र सबै पार्वती माध्यमिक विद्यालयका विद्यार्थी रहेको छन् । सत् प्रतिशत ल्याउने विद्यालयहरूलाई नगद २५ हजार र उत्कृष्ट ५ विद्यार्थीहरूलाई नगद ५ हजार रुपैयाँले सम्मान गरिएको थियो ।

साथै वडा नं. १ को भैरब मा.वि.ले ४४.४४ प्रतिशत, चक्रेश्वर मा.वि.ले ८७.५० प्रतिशत, वडा नं. ३ को कृष्ण गोपालले ९०.८९ प्रतिशत, वडा नं. ४ कै सरस्वती मा.वि.ले ७४.१९ प्रतिशत, कालिका माध्यमिक विद्यालयले ८७.५०, वडा नं. ५ को भीमसेनेश्वर माध्यमिक विद्यालयले ९०.९१ तथा वडा नं. ६ को सरस्वती माध्यमिक विद्यालयले पनि ९०.९१ प्रतिशत विद्यार्थी ग्रेडेड गराउन सफल भएकोमा सम्मान गरिएको छ । कार्यक्रममा १६६ जना विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, सत् प्रतिशत ग्रेडेड गराउन सफल विषय शिक्षक, वडा कार्यालयहरूलाई सम्मान गरिएको हो ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ४ : ५५ बजे

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर

हामीलाई राम्रोसँग बोल्न आउँदैन होला तर, काम चाहिँ राम्रोसँग गर्न आउँछ : गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफूलाई राम्रोसँग बोल्न नआएपनि काम गर्न

गृहमन्त्री सुधनले संसदमा भने ‘धेरै भयो मैले सहेको’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले संसदमा विपक्षीप्रति आक्रोशित हुँदै आफूले धेरै