प्रहरीको वान्टेड सूचीमा रहेका जसपा नेता यादवले भने- भागेको छैन, छोराको उपचार गराउँदै छु « Khabarhub

प्रहरीको वान्टेड सूचीमा रहेका जसपा नेता यादवले भने- भागेको छैन, छोराको उपचार गराउँदै छु


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सर्लाही प्रहरीले वान्टेड सूचीमा राखेका जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशका अध्यक्ष अशोक यादवले आफू फरार नरहेको बताएका छन् ।

आइतबार फेसबुक लाइभमार्फत सार्वजनिक रूपमा बोल्दै उनले आफूविरुद्ध लगाइएको आरोपलाई झुटो भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

यादवका अनुसार प्रहरी डाँका शैलीमा उनको घरमा पुगेर छोरामाथि कुटपिट गरेको र छोराको गर्दनको नसासमेत च्यातिएको छ । उनले अहिले छोराको उपचारमा व्यस्त रहेको जानकारी दिए । सञ्चारमाध्यममा आफू फरार भएको भनेर आएका समाचारको पनि उनले खण्डन गरे ।

उनले भने, ‘मैले कुनै अपराध गरेको छैन। म त निमुखा, शोषित, पीडित र विपन्न वर्गका लागि आवाज उठाइरहेको छु । जिल्लामा भइरहेको भ्रष्टाचार, बेथिति र लुटतन्त्रविरुद्ध बोलेको हुँ । त्यसका लागि राज्यले मलाई अपराधी ठान्छ भने म सय वटा मुद्दा खेप्न तयार छु, तर जनताको पक्षमा बोल्न कहिल्यै रोकिन्न ।’

यादवले आफूविरुद्ध अनावश्यक रूपमा मुद्दा दर्ता गरिएको दाबी गर्दै चाँडै सर्लाही फर्किने बताए । उनले सर्वसाधारणलाई आन्दोलनमा उत्रन पनि आग्रह गरे । प्रहरीसँगको गालीगलौजबारे स्पष्टीकरण दिँदै उनले एसपीलाई पहिले गाली नगरेको बताए ।

सर्लाही प्रहरीले यादवविरुद्ध सार्वजनिक सेवामा रोकावट र राजनीतिक उपद्रो सम्बन्धी दुई वटा मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी गरेको जनाएको छ । बिहीबार राति जिल्ला प्रहरी प्रमुख योगेन्द्रकुमार खड्का र अध्यक्ष यादवबीचको गालीगलौज अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ६ : १७ बजे

७५ वर्ष अघिका कांग्रेस १५ औँ महाधिवेशनमा सहभागी : मातृकाले बनाएका थिए सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको मञ्चमा एकाएक ७५

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति