सहमहामन्त्री परियारले भने- कांग्रेसकै अगुवाइमा संविधान संशोधन थालौँ « Khabarhub

सहमहामन्त्री परियारले भने- कांग्रेसकै अगुवाइमा संविधान संशोधन थालौँ


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीकै अगुवाइमा संविधान संशोधन गरिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै उनले यस्तो बताएका हुन् ।

२०८१ असार १७ गते सात बुँदे सहमति गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले अहिलेसम्म संविधान संशोधनको कुरा अघि बढाउन सकेको छैन ।

यसै सन्दर्भमा सह-महामन्त्री परियारले पार्टीकै अगुवाइमा संविधान संशोधनको काम सुरू गर्नुपर्ने बताएका हुन् । कांग्रेससँगको सहमतिअनुसार ओलीको कार्यकाल अब करिब एक वर्ष मात्रै बाँकी रहेको अवस्थामा त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् ।

यस्तोमा परियारले देउवाको नेतृत्वमा संविधान संशोधन अघि बढ्ने संकेत गरेका हुन् । बैठकलाई सम्बोधन गर्दै परियारले संविधान संशोधनका लागि कांग्रेसको अगुवाइमा संविधान संशोधन समिति बनाउनुपर्ने पनि प्रस्ताव गरेका छन् ।

‘संविधानको धारा ७२ को उपधारा २ अनुसार सरकार बनाउनेलगायत ७ बुँदे सहमति गरे पनि सरकार बनाउनेबाहेक अरू बुँदा कार्यान्वयनमा आउन सकेको छैन,’ उनले बैठकमा भने, ‘संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीकै एक वरिष्ठ नेताको संयोजकत्वमा संविधान संशोधन समिति बनाऊँ ।’

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : ३४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर