रुद्राक्ष रहस्य : सबैभन्दा महँगो २१ मुखे, चीनले फेसन बनायो, नेपाल-भारत आस्थामा बाँधिए (भिडियो) « Khabarhub

रुद्राक्ष रहस्य : सबैभन्दा महँगो २१ मुखे, चीनले फेसन बनायो, नेपाल-भारत आस्थामा बाँधिए (भिडियो)


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली समाजमा विशेषगरी हिन्दू सभ्यतामा रुद्राक्षका किस्सा प्रशस्त सुनिन्छन् । किस्साहरूमा रुद्राक्षलाई भगवान् शिवको आँसु वा पसिनाको रूपमा पनि चित्रण गरिएको पाइन्छ ।

तस्बिरमा भगवानका गला र पाखुरामा देखिने रुद्राक्ष पछिल्लो समय विभिन्न सभा/समारोहमा अतिथि सत्कारमा समेत प्रयोग भएको देखिन्छ ।

काठमाडौंका मठ-मन्दिरका आसपासमा प्रशस्त रूपमा रुद्राक्ष बेच्न राखिएको देख्न सकिन्छ । यति धेरै रुद्राक्ष कहाँ उत्पादन हुन्छन् ? कसले किन्छन् ? किन किन्छन् ? के रुद्राक्षमा औषधीय गुण छ ? यसमा दैविक शक्ति हुन्छ ? अथवा यसमा वैज्ञानिक महत्त्व पनि रहन्छ ?

रुद्राक्षका आध्यात्मिक, औषधीय र आर्थिक महत्त्व के कस्तो रहेको छ भन्ने बारेमा केन्द्रित रहेर रुद्राक्ष व्यवसायी सुरेशकुमार चापागाईँसँग कुराकानी गरेका छौँ ।

चापागाईँका तीनपुस्ता रुद्राक्ष व्यवसायमा संलग्न छन् । बुबा टीकाप्रसाद र हजुरबुबा प्रयागराज चापागाईँले भारतका विभिन्न सहरमा पुर्‍याएर रुद्राक्षलाई नगदे वस्तुका रूपमा परिचित गराएका थिए ।

पाशुपत क्षेत्रमा रहेर उनको परिवारले रुद्राक्ष व्यवसाय गर्न थालेको पाँच दशक नाघिसक्यो । पुलचोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङ गरेका चापागाईँ केही समयको सरकारी सेवापछि रुद्राक्ष व्यवसायमै केन्द्रित रहेका छन् ।

व्यवसायी चापागाईँको अनुभवमा हालसम्मकै महँगो रुद्राक्ष २१ मुखे रहेको छ । आफ्नो व्यावसयीक यात्रामा उनले त्यस भन्दा महँगो रुद्राक्ष पाएका छैनन् । हेरौँ उनीसँगको अन्तर्वार्ता ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ९ : ३० बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर