दिगो सहरी विकास र स्वच्छ ऊर्जाका लागि पोखरामा नगर ऊर्जा योजना | Khabarhub Khabarhub

दिगो सहरी विकास र स्वच्छ ऊर्जाका लागि पोखरामा नगर ऊर्जा योजना


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गण्डकी– स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नवीकरणीय ऊर्जा र स्थानीय विद्युत् वितरण प्रणाली व्यवस्थापन, सञ्चालन र अनुगमनसम्बन्धी योजना तथा नीति तर्जुमा गर्ने अधिकार स्थानीय तहलाई प्रदान गरेको छ । 

ऐनले अधिकार प्रदान गरे पनि स्थानीय तहहरूको त्यसतर्फ जागरूकता नदेखाइरहेका अवस्थामा पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना (२०८१–०८६) तयार गरी हालै त्यसलाई औपचारिक रूपमा नै सार्वजनिक गरेको छ । 

दिगो तथा भरपर्दो ऊर्जाको पहुँच वृद्धि गर्दै नागरिकको आर्थिक तथा सामाजिक विकासका लागि विभिन्न संयन्त्र तयार पार्दै अघि बढेको महानगरले ऐनकै अधिकार प्रयोग गरी ऊर्जा विकास उपसमिति समेत गठन गरेको छ । उक्त समितिले ऊर्जा योजनाको कार्यान्वयन र अनुगमन गर्ने गर्दछ ।

ऊर्जा विकास उपसमितिद्वारा तयार गरिएको उक्त योजना जर्मन सहयोग नियोग (जिआइजेड) नेपालको रिप ग्रिन कार्यक्रमको प्राविधिक सहयोगमा नौ चरणमा आधारित समग्र प्रक्रियाबाट तयार गरिएको हो । 

योजना तयारीको क्रममा विभिन्न सरोकारवालासँग छलफल तथा परामर्श गरिएको जिआइजेड नेपालका वरिष्ठ ऊर्जा विशेषज्ञ डा नारायणप्रसाद चौलागाईले जानकारी दिए । ऊर्जा योजनालाई महानगरपालिकाले प्रभावकारी कार्यान्वयन गर्ने उनले विश्वास व्यक्त गरे । उक्त योजना २०८१ फागुनमा पोखरा महानगरपालिकाबाट औपचारिक रूपमा अनुमोदन गरिएको थियो ।

नवीकरणीय ऊर्जा अनुदान नीति २०७३ अनुसार महानगरपालिकाले नवीकरणीय ऊर्जा प्रविधि अपनाउने र ऊर्जाको गुणस्तर सुनिश्चित गर्ने कुरामा सहयोग गर्दै आएको छ भने पछिल्ला समयमा नवीकरणीय ऊर्जाको प्रयोगमा सुधार भइरहेको छ । 

नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गरेको प्रतिवेदन २०८० अनुसार पोखरा महानगरपालिकामा शतप्रतिशत विद्युतीकरण भएको छ । महानगरपालिकाभित्रका कूल एक लाख ४० हजार ४५९ घरधुरीमध्ये ७० दशलवल ०९ प्रतिशत घरधुरीमा १५ एम्पिएर मिटर जडान गरिएको छ भने २८ दशमलव ०८ प्रतिशत घरधुरीमा पाँच एम्पिएर मिटर जडान गरिएको छ । त्यस्तै एक दशमलव ८३ घरधुरीमा ३० एम्पिएर जडान गरिएको छ ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगर ऊर्जा योजना सार्वजनिक गर्दै दक्ष र दिगो ऊर्जामार्फत समुन्नत पोखरा भन्ने परिकल्पनासहित नगर ऊर्जा योजना ल्याएको स्पष्ट गरे । 

विसं २१०० सम्ममा ‘समुन्नत पर्यटकीय पोखरा’ निर्माणको लक्ष्यसहित पोखरा महानगरपालिका कार्बन तटस्थ सहर निर्माणको अभियानमा प्रतिबद्धताका साथ आफूहरू लागेको महानगरपालिकाका प्रमुख आचार्य बताउँछन् । 

‘किफायती, भरपर्दो, दिगो र आधुनिक ऊर्जामा सबै नागरिकहरूको पहुँच सुनिश्चित गर्ने दिगो विकासको विश्वव्यापी लक्ष्य अनुरूप महानगरभित्र स्वच्छ ऊर्जा र ऊर्जा दक्षतामा जोड दिने उद्देश्यसहित नगर ऊर्जा योजना निर्माण गरिएको हो’, उनले भने ।

दैनिक जीवनमा प्रयोग गरिने सामग्रीहरूमा विद्युतीय उपकरणको उपयोग गर्दै नवीकरणीय ऊर्जालाई प्रवर्द्धन गरी कार्बन उत्सर्जनको खुद शून्य २०४५ को लक्ष्य अनुरूप नीतिहरू अवलम्बन गरिएको उनको भनाइ छ । 

पोखराको कार्बन तटस्थता लक्ष्य र समृद्ध पर्यटकीय पोखरा निर्माणका लागि समग्र ऊर्जा स्थितिको अध्ययनसहित सम्भावित योजनाहरूको पहिचानका लागि नगर ऊर्जा योजना तयार गरिएको उल्लेख गर्दै उनले यसबाट महानगरको ऊर्जा दक्ष प्रविधिहरूको एकीकरणसँगै किफायती, स्वच्छ र भरपर्दो ऊर्जा विकासका लागि उल्लेखनीय योगदान विश्वास लिइएको बताए  । 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १२ : ०१ बजे

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पुनः प्रस्ताव गर्छौ : मन्त्री पाण्डे  

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ऐतिहासिक तिलौराकोटलाई

माइकल ज्याक्सनले लेखेका गीत अब कोरियाली पपस्टारको स्वरमा

काठमाडौं– लामो समयदेखि शान्त देखिएको दक्षिण कोरियाली पप समूह बीटीएस

सुभास नेम्वाङलाई सम्झिँदै राप्रपा सांसदको गुनासो- सभामुखले भेदभाव गर्नुभयो 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् रोशन कार्कीले पूर्वसभामुख सुवाशचन्द्र

राजनीति नाफा-घाटाको व्यापार होइन : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनतालाई न्याय, शान्ति र

संसद्‌मा राप्रपाको नारा- भ्रष्टाचारी सरकार मुर्दावाद !

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद रोशन कार्कीले संसद्मा सरकारलाई