अनुदानलाई निरन्तरता नदिए भदौदेखि आन्दोलन थाल्ने उखु किसानको चेतावनी  « Khabarhub

अनुदानलाई निरन्तरता नदिए भदौदेखि आन्दोलन थाल्ने उखु किसानको चेतावनी 


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरूको माग छ ।

महोत्तरीमा उखुखेती गर्ने किसानको सङ्ख्या १५ हजार हाराहारी छ । यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा अनुदान प्रतिक्विन्टल ७० रुपैयाँ यसपालि बजेटमा नपरेपछि किसान आन्दोलित भएका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरूले अनुदानको निरन्तरताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । किसानले मङ्गलबार गौशाला– १ रामनगरस्थित एभरेष्ट चिनी उद्योग अगाडि प्रदर्शन गरे ।

‘यस वर्षको बजेटमा अनुदानको विषय नसमेटिएपछि निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएका छौँ’, उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाले भने, ‘विश्वास छ, हाम्रो मागको सुनवाइ हुनेछ ।’ 

उखुखेती किसान आफ्ना प्रतिनिधि संस्था उखु उत्पादक कृषक महासङ्घ र उखु उत्पादक कृषक सङ्घका पदाधिकारीका साथ आन्दोलनमा छन् ।

उखु उत्पादक कृषक महासङ्घका सदस्य महाशङ्कर थिङका अनुसार किसानले मुख्य रूपले उखुखेतीमा सरकारले दिँदै आएको अनुदानलाई निरन्तरता दिनुपर्ने, गत आर्थिक वर्ष २०८१–८२ को अनुदानवापतको रकम तुरुन्त किसानलाई उपलब्ध गराउनुपर्ने, बर्सेनि उखुको मूल्य निर्धारण गर्नुअघि उखु किसानका प्रतिनिधि, चिनी उद्योग र सरकारबीच सहमति गरिनुपर्ने लगायतका माग किसानले राखेका छन् ।

माग सम्बोधन नभए आगामी भदौ ८ गतेदेखि सङ्घीय राजधानी काठमाडौं केन्द्रित आन्दोलन गर्ने सङ्घले जनाएको छ ।

महोत्तरीमा गत आव २०८१–८२ को यामको उखुबाट किसानले २१ करोड ७२ लाख ९१ हजार रकम पाउनुपर्ने छ ।

महोत्तरीमा आव २०८१–८२ मा अनुदान पाउनुपर्ने किसानको सङ्ख्या १४ हजार ५३३ छ । यसपालि यो सङ्ख्या १५ हजारमाथि पुग्ने उखु उत्पादक कृषक सङ्घका अध्यक्ष कुशवाहाको भनाइ छ ।

आव २०८०–८१ मा भने जिल्लाका १४ हजार ४४४ किसानले अनुदानवापतको जम्मा २० करोड ३३ लाख रुपैयाँ पाएका थिए । (रासस)

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १२ : १२ बजे

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक

काठमाडौँ महानगरलाई निर्वाचन आयोगले किन सोध्यो स्पष्टीकरण ?

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ । आयोगले

ओलीका चुनावी कमाण्डर दाहालले भने : यो निर्वाचन देश जलाउने र बनाउने बीचको हो

गौरीगञ्ज – नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा निर्वाचन क्षेत्र