नेकपा फुटको हल्ला निराधार : बास्तोला | Khabarhub Khabarhub

नेकपा फुटको हल्ला निराधार : बास्तोला


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बस्तोलाले आफ्नो पार्टी फुट्न लागेको हल्ला निराधार भएको बताएका छन् ।

राजधानीको संवाद डबलीमा मंगलबार पत्रकार सम्मेलन गर्दै बास्तोलाले भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिनेसमेत बताए ।

पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै बास्तोलाले संसदमुखी राजनैतिक पार्टीहरुमा गम्भीर समस्या देखिन थालेको बताए ।

देशको राजनैतिक व्यवस्था र जनताबीच चरम अन्तरविरोध पैदा भएको बताउँदै बास्तोलाले भने, ‘यो अवस्थामा स्वाधीन संयुक्त सरकार गठनका लागि तेस्रो जनआन्दोलनको तयारी गर्ने निर्णय बैठकले गरेको छ ।’

तपार्इँको पार्टी फुटको संघारमा पुगेको हो ? भन्ने प्रश्नमा बास्तोलाले भने, ‘पार्टी जीवनमा बहस, छलफल हुनु स्वभाविक हो, त्यसलाई ठूलो मान्नु हुँदैन, हामी एकताबद्ध छौं ।’

यो पनि–

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १२ : ५९ बजे

पूर्वराष्ट्रपति यादवको प्रमुख आतिथ्यतामा गणेशमान सिंहको जन्मजयन्ती मनाइयो

काठमाडौं– गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले पूर्व राष्ट्रपति

भैरहवा विमानस्थल हुँदाहुँदै किन भारततिर मोडिन्छन् विमान ?

भैरहवा– शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

दुई दिन निरन्तर ओरालो नेप्से परिसूचक, सोमबार १५१ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुने साताको दुई

द्रुत डाँक सेवामार्फत प्रभावकारिता बढाउँदै हुलाक

गण्डकी– चिट्ठीपत्र, खबर र सूचना एक स्थानबाट अर्को स्थानमा पुर्‍याउने

बहुविवाहमा जेल पुगेका एमाले नेता शेर्पा रकम बुझाएर छुटे

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएर डिल्ली बजार जेल चलान