बलिदानमा निर्देशक सन्तोष सेनको पनि अभिनय रहने, थप चार पोस्टर सार्वजनिक « Khabarhub

बलिदानमा निर्देशक सन्तोष सेनको पनि अभिनय रहने, थप चार पोस्टर सार्वजनिक


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी दशैँको फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’ को थप चार पोस्टर सार्वजनिक भएको छ ।

निर्माण पक्षले बुधबार नायक अर्पण थापा, नायिका ऋचा शर्मा, अभिनेता हेमन्त बूढाथोकी र निर्देशकसमेत रहेका सन्तोष सेनको चरित्र खुल्ने चार पोस्टर सार्वजनिक गरेको हो ।

उक्त पोस्टरले सेनको पनि फिल्म अभिनय रहेको खुलाएको छ । पोस्टरमा उनको भूमिका रहस्यमयी देखिन्छ । उनको टाउकामा मानव खप्परको माला छ ।

लामो जट्टा र क्रोधित मुद्रामा उनलाई देख्न सकिन्छ । उनी खलपात्रको भूमिकामा रहेको पोस्टरले संकेत गर्छ । यद्यपि निर्माण पक्षले सेनको भूमिकाबारे खुलाएको छैन ।

सेनले आफू प्रभावशाली भूमिकामा रहेको सामाजिक सञ्जलमार्फत् जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘एक यस्तो पात्र, जो केवल कथाभित्र सीमित छ । उसले आफ्नो समाजलाई परिभाषित गरेको छ ।’

त्यस्तै पोस्टरमा नायिका ऋचा शर्मा अधबैंसे महिलाको चरित्रमा देख्न सकिन्छ । अर्पण थापा भने जेन्टलम्यान लुक्समा छन् । हेमन्त बूढाथोकी लामो दाह्री र तालुमा कपाल नभएको वृद्धको भूमिका छन् । झट्ट हेर्दा उनी भारतीय फिल्म ‘बाहुबली’ का पात्र ‘कटप्पा’ जस्तो देखिन्छन् । उनी क्रोधित मुद्रामा छन् ।

यसअघि नायकद्वय समीर भट्ट, सौगात मल्ल र नायिका कविता रायको क्यारेक्टर पोस्टरमा सार्वजनिक गरिएको थियो । ‘आसुसेन फिल्म्स् प्रालि’ को प्रस्तुतिमा बनेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् ।

यो फिल्मसँगै ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एक साथ प्रदर्शनमा आउँदैछन् ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ३ : १५ बजे

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल