बलिदानमा निर्देशक सन्तोष सेनको पनि अभिनय रहने, थप चार पोस्टर सार्वजनिक « Khabarhub

बलिदानमा निर्देशक सन्तोष सेनको पनि अभिनय रहने, थप चार पोस्टर सार्वजनिक


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी दशैँको फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’ को थप चार पोस्टर सार्वजनिक भएको छ ।

निर्माण पक्षले बुधबार नायक अर्पण थापा, नायिका ऋचा शर्मा, अभिनेता हेमन्त बूढाथोकी र निर्देशकसमेत रहेका सन्तोष सेनको चरित्र खुल्ने चार पोस्टर सार्वजनिक गरेको हो ।

उक्त पोस्टरले सेनको पनि फिल्म अभिनय रहेको खुलाएको छ । पोस्टरमा उनको भूमिका रहस्यमयी देखिन्छ । उनको टाउकामा मानव खप्परको माला छ ।

लामो जट्टा र क्रोधित मुद्रामा उनलाई देख्न सकिन्छ । उनी खलपात्रको भूमिकामा रहेको पोस्टरले संकेत गर्छ । यद्यपि निर्माण पक्षले सेनको भूमिकाबारे खुलाएको छैन ।

सेनले आफू प्रभावशाली भूमिकामा रहेको सामाजिक सञ्जलमार्फत् जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘एक यस्तो पात्र, जो केवल कथाभित्र सीमित छ । उसले आफ्नो समाजलाई परिभाषित गरेको छ ।’

त्यस्तै पोस्टरमा नायिका ऋचा शर्मा अधबैंसे महिलाको चरित्रमा देख्न सकिन्छ । अर्पण थापा भने जेन्टलम्यान लुक्समा छन् । हेमन्त बूढाथोकी लामो दाह्री र तालुमा कपाल नभएको वृद्धको भूमिका छन् । झट्ट हेर्दा उनी भारतीय फिल्म ‘बाहुबली’ का पात्र ‘कटप्पा’ जस्तो देखिन्छन् । उनी क्रोधित मुद्रामा छन् ।

यसअघि नायकद्वय समीर भट्ट, सौगात मल्ल र नायिका कविता रायको क्यारेक्टर पोस्टरमा सार्वजनिक गरिएको थियो । ‘आसुसेन फिल्म्स् प्रालि’ को प्रस्तुतिमा बनेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् ।

यो फिल्मसँगै ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एक साथ प्रदर्शनमा आउँदैछन् ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ३ : १५ बजे

मतदानका लागि आफ्नो क्षेत्र फर्किँदै मतदाता (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब २ दिनमात्र बाँकी रहेको

रवि लामिछानेको फेसबुक ह्याक, सचिवालय भन्छ- पुनः सञ्चालनको प्रयास जारी छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको