प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच भेटवार्ता भएको छ । 

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभबीच दुईपक्षीय भेटवार्ता भएको हो । 

भेटवार्तामा दुईदेशबीचको सम्बन्धका बारेमा कुराकानी भएको प्रधानमन्त्री ओलीले जानकारी दिए । उनले नेपाल र तुर्कमेनिस्तान भूपरिवेष्टित देश रहेकाले आगामी दिनमा दुई देशबीच सहकार्य गर्दै अघि बढ्न आफूले प्रतिबद्धता जनाएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले नेपालको विकासको अवस्थामा बारेमा पनि तुर्कमेनिस्तानका राष्ट्रपतिलाई जानकारी गराएको उल्लेख गरे । 

भेटवार्तामा तुर्कमेनिस्तानका  राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएको प्रधानमन्त्री ओलीले जानकारी दिए । त्यसअघि बुधबार नै प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत दक्षिण दक्षिण सहकार्यसम्बन्धी सत्रमा सम्बोधन गरेका थिए । 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ३ : २७ बजे

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म

अनामनगर क्षेत्रमा घरघरमा टाँसियो जग्गाधनी पुर्जा (तस्बिरहरू) 

काठमाडौं– अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत धोबी खोला करिडोर आसपासका

अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध

एजेन्सी– डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले क्युबा सरकारमाथि थप कडा आर्थिक

बालाजु र माछापोखरीका अतिक्रमित संरचनामा डोजर

काठमाडौं– नदी किनार र अतिक्रमित सार्वजनिक जग्गामा बनेका संरचना हटाउने

सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने क्रममा