गोकुल बास्कोटाले संसद्‍बाट सोधे- संविधान संशोधन प्रक्रिया कहाँ पुग्यो ? « Khabarhub

गोकुल बास्कोटाले संसद्‍बाट सोधे- संविधान संशोधन प्रक्रिया कहाँ पुग्यो ?


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद गोकुल बास्कोटाले संविधान संशोधनबारे संसद्मा प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद बास्कोटाले वर्तमान नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्ध सरकारले संविधान संशोधन प्रक्रिया कहाँ पुर्‍यायो ? भनेर प्रश्न गरेका हुन् ।

उनले अहिले देशमा देखिएको निराशा चिर्न सरकारले प्रयत्न गर्नुपर्ने बताउँदै ०८१ असार १७ गते भएको दुई ठूला दलको सहमतिअनुसार संविधान संशोधनको अवस्था के भयो ? भनेर पनि सोधेका छन् ।

‘हामीले अहिले जनताबीच देखिएको निराशा चिर्नुपर्छ। आजको सत्ता समीकरण केवल सत्ताका लागि होइन, जनताको आशा, आकांक्षा र क्रान्तिका सपनाहरूमाथि भइरहेका प्रहारहरूविरुद्ध बनेको हो’, उनले भने, ‘तर, यस समीकरणले उठाएका महत्वपूर्ण विषयहरूमध्ये एक — संविधान संशोधनको मुद्दा — अहिले कहाँ पुगेको छ ? त्यसलाई अब फेरि अघि सारेर टुंगोमा पुर्‍याउनुपर्छ।’

बास्कोटाले सरकार र राजनीतिक दलहरूले अहिले देखिएको निराशालाई लिएर आत्मसमीक्षा र सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनले कांग्रेस र एमाले दुवैले समीक्षा गर्नुपर्ने कुरामा जोड दिएका छन् । ‘हामीले आफूलाई पनि समीक्षा गर्नुपर्छ। सुधार गर्नुपर्ने ठाउँमा सुधार गर्न तयार हुनुपर्छ। हामी सुधारको बाटोमा हिँड्न सक्नुपर्छ।’

उनले अहिलेको सत्ता समीकरणले जनताका समस्याको हल गर्नुपर्ने पनि बताए । सरकारले बोकेको जिम्मेवारीबारे आत्मसमीक्षासहित नयाँ प्रतिबद्धता र सुधारमार्फत् अघि बढ्नुपर्ने समय आएको पनि उनले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ३ : ४० बजे

विदेशी नागरिक र कालोसूचीकालाई उडाउनेसहित यी विषयमा अनुसन्धान गरिरहेको छ अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग सम्बन्धित व्यक्तिहरूमाथि

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका

‘निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि अघि बढाइरहेका छौँ’

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि सँगसँगै

‘तीन हप्तामा एक लाख ४६ हजार भन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता’

एजेन्सी– पछिल्लो १८ दिनमा इरान, पाकिस्तान र टर्कीबाट एक लाख

माओवादीप्रति जनताको आस्थालाई जोगाउँदै अघि बढ्छौँ : प्रकाण्ड

काठमाडौं– विप्लव नेतृत्वको नेकपा (माओवादी) का प्रवक्ता खड्ग बहादुर विश्वकर्मा