गोकुल बास्कोटाले संसद्‍बाट सोधे- संविधान संशोधन प्रक्रिया कहाँ पुग्यो ? « Khabarhub

गोकुल बास्कोटाले संसद्‍बाट सोधे- संविधान संशोधन प्रक्रिया कहाँ पुग्यो ?


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद गोकुल बास्कोटाले संविधान संशोधनबारे संसद्मा प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद बास्कोटाले वर्तमान नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्ध सरकारले संविधान संशोधन प्रक्रिया कहाँ पुर्‍यायो ? भनेर प्रश्न गरेका हुन् ।

उनले अहिले देशमा देखिएको निराशा चिर्न सरकारले प्रयत्न गर्नुपर्ने बताउँदै ०८१ असार १७ गते भएको दुई ठूला दलको सहमतिअनुसार संविधान संशोधनको अवस्था के भयो ? भनेर पनि सोधेका छन् ।

‘हामीले अहिले जनताबीच देखिएको निराशा चिर्नुपर्छ। आजको सत्ता समीकरण केवल सत्ताका लागि होइन, जनताको आशा, आकांक्षा र क्रान्तिका सपनाहरूमाथि भइरहेका प्रहारहरूविरुद्ध बनेको हो’, उनले भने, ‘तर, यस समीकरणले उठाएका महत्वपूर्ण विषयहरूमध्ये एक — संविधान संशोधनको मुद्दा — अहिले कहाँ पुगेको छ ? त्यसलाई अब फेरि अघि सारेर टुंगोमा पुर्‍याउनुपर्छ।’

बास्कोटाले सरकार र राजनीतिक दलहरूले अहिले देखिएको निराशालाई लिएर आत्मसमीक्षा र सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनले कांग्रेस र एमाले दुवैले समीक्षा गर्नुपर्ने कुरामा जोड दिएका छन् । ‘हामीले आफूलाई पनि समीक्षा गर्नुपर्छ। सुधार गर्नुपर्ने ठाउँमा सुधार गर्न तयार हुनुपर्छ। हामी सुधारको बाटोमा हिँड्न सक्नुपर्छ।’

उनले अहिलेको सत्ता समीकरणले जनताका समस्याको हल गर्नुपर्ने पनि बताए । सरकारले बोकेको जिम्मेवारीबारे आत्मसमीक्षासहित नयाँ प्रतिबद्धता र सुधारमार्फत् अघि बढ्नुपर्ने समय आएको पनि उनले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ३ : ४० बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ