छुट्टै केन्द्र बनाउन खोजेपछि विप्लवलाई फकाउँदै माओवादी, नारायणकाजीले गरे एक घण्टा संवाद « Khabarhub

छुट्टै केन्द्र बनाउन खोजेपछि विप्लवलाई फकाउँदै माओवादी, नारायणकाजीले गरे एक घण्टा संवाद


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको बहुप्रतीक्षित पार्टी एकता प्रक्रिया अनिश्चित बनेको छ।

यही अन्योलबीच माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ बीच बुधबार एक घण्टा लामो संवाद भएको छ।

स्रोतका अनुसार, काठमाडौंमा दुई नेताबीच करिब एक घण्टा लामो भेटवार्ता भएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, वामपन्थी एकता सम्भावना र सरकारको वर्तमान अवस्थाबारे छलफल भएको बताइएको छ।

यो भेट वार्ता त्यसबेला भएको हो जब विप्लव नेतृत्वको नेकपाले माओवादीसँग पार्टी एकता नगरी आफ्नो नेतृत्वमा फरक राजनीतिक केन्द्र निर्माण गर्ने निर्णय गरिसकेको छ।

विप्लव पक्षले माओवादी केन्द्रप्रति आलोचनात्मक धारणा राख्दै आएको छ । उसले आफूलाई ‘सच्चा क्रान्तिकारी धार’ को प्रतिनिधि बताउँदै छुट्टै पहिचान निर्माणको कोसिसमा देखिन्छ ।

माओवादीभित्र विशेषतः वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ वामपन्थी एकताको पक्षमा सक्रिय रूपमा लागिरहेका छन्। उनले विप्लवसँगको संवादमार्फत् पार्टी एकता वा न्यूनतम सहकार्यको सम्भावना पुनः जीवित राख्न प्रयास थालेका हुन् ।

श्रेष्ठले पछिल्ला दिनमा माओवादीभित्र देखा परेका विभाजनमुखी संकेतहरूलाई रोक्न र क्रान्तिकारी धारलाई एउटै मोर्चामा ल्याउने उद्देश्य राखेर संवाद अगाडि बढाइरहेका छन् ।

दुवै नेताबीच भएको संवादमा मुख्यत: वामपन्थी आन्दोलनको भविष्य र सम्भावित गठबन्धन, क्रान्तिकारी मूल्य र एजेन्डामाथि सहमति निर्माणको आवश्यकता, संसदवाद र विद्रोहबीचको द्वन्द्व र त्यसको समाधान तथा सत्ता समीकरणप्रति दुवै पक्षको दृष्टिकोणबारे छलफल भएको बताइएको छ ।

विप्लव नेतृत्वको नेकपाले हाललाई पार्टी एकता स्थगित गर्दै आफ्नै सांगठानिक विस्तार र वैकल्पिक राजनीतिक शक्ति निर्माणमा जोड दिएको छ। तर उसले अन्य क्रान्तिकारी धारहरूसँग संवाद र सहकार्यको ढोका बन्द नगरेको जनाएको छ।

माओवादीले यही साताको स्थायी समिति बैठकमार्फत् विप्लव नेतृत्वको नेकपासँग एकताको निर्णय गरेको थियो । उसले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पनि एकता वार्तालाई निरन्तरता दिने निर्णय लिएको थियो । तर विप्लव नेतृत्वको नेकपाले माओवादीसँगको एकतालाई अस्वीकार गर्दै आफ्नै नेतृत्वको केन्द्र बनाउने निर्णय गरेपछि नारायणकाजीले विप्लवलाई फकाउने कोसिस गरेका हुन् ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ५ : ३१ बजे

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एनपीएल इलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं – मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र

निर्वाचन आउन ८५ दिन बाँकी: केही मतदानस्थलको पुनरावलोकन गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको