कर्णालीको समग्र गुरुयोजना आवश्यक : उपसभापति खड्का | Khabarhub Khabarhub

कर्णालीको समग्र गुरुयोजना आवश्यक : उपसभापति खड्का


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समग्र गुरुयोजना आवश्यक रहेको बताएका छन् । उनले कर्णाली प्रदेशको संभावना, साधन–स्रोतको उपलब्धता र लक्ष्यसहितको गुरुयोजना निर्माण गरेर सोही अनुसार तीन तहका सरकार र विकास साझेदारहरुलाई परिचालन गरेमा यहाँको विकासको गतिले तिब्रता पाउने बताए ।

उनले कृषि, फलफूल, जडिबुटी, जलविद्युत, पर्यटन, पूर्वाधार, सांस्कृतिकलगायतका पक्ष समेटेर गुरुयोजना निर्माण गरिनुपर्ने बताए ।

 ‘स्रोत, संभावना र लक्ष्यसहितको गुरुयोजना बनाउन सक्यौं भने मात्रै कर्णालीको द्रूत विकास गर्न संभव छ,’ मंगलबार प्रदेश योजना आयोगका पदाधिकारीहरुसँगको भेटमा उपसभापति खड्काले भने, ‘गुरुयोजनाको लक्ष्य अनुसार तीन तहका सरकार र विकास साझेदारहरुलाई केन्द्रीत गर्न सकिन्छ ।’

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले कर्णाली भूगोलमा ठूलो भएपनि छरिएर रहेका बस्तीका कारण नागरिकका घर-घरमा आधारभूत आवश्यकता पूरा गर्न समय लाग्ने भएकाले छरिएर रहेका बस्तीलाई एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘कर्णालीमा ठूलो र आधुनिक शहरको सम्भावना कहाँ छ रु नदी किनारमा बस्तीको संभावना कहाँ छ रु पहाडमा दुई घर–तीन घर छन्, त्यहाँ बाटो, विजुली, खानेपानीलगायतका नागरिकहरूलाई आधारभूत सुविधा पुर्‍याउन समय लाग्छ,’ उनले भने, ‘छरिएर रहेका बस्तीहरूलाई एकीकृत गर्दै विकास पूर्वाधार र अन्य सुविधाहरू पुर्‍याउने लक्ष्य गुरुयोजनामा समेटिनुपर्छ ।’

उपसभापति खड्काले कर्णाली प्रदेशले लगानी सम्मेलनको आयोजना गर्न लागेको आफूले सुनेको बताउँदै त्यस्तो सम्मेलनअघि लगानीका क्षेत्रहरुको पीडीआर तयार गर्न सुझाव दिए ।

 ‘पछिल्लो समय लगानी सम्मेलन फेसन जस्तो बनेको छ, प्रदेश सरकारहरूले लगानी सम्मेलन गरिरहेका छन्,’ उनले भने, ‘तर, योजनाहरूको विस्तृत सम्भाव्यता अध्ययन विनै भइरहेका लगानी सम्मेलनले लगानी आउँदैन ।’ 

उनले आयोजनाको नाम टिपाएकै भरमा लगानी नआउने बताए । उनले पूर्व-पश्चिम धावनमार्ग नहुँदा, दुईतर्फी उडान र अवतरण गर्ने ठाउँ नहुँदा सामान्य झरीमा पनि प्रदेश राजधानीको विमानस्थलमा विमान नआउने समस्या रहेको बताउँदै आफूले ठूलो विमानस्थल बनाउन खोज्दा अनावश्यक विवाद सृजना भइराखेको बताए ।

नागरिक उड्डयन प्राधिकरणसँग अहिलेको विमानस्थल विस्तारको विषयमा छलफल गर्दा उत्तर–दक्षिणमा जति विस्तार गरेपनि अहिलेको भन्दा ठूलो जहाज बस्न नसक्ने निस्कर्ष आयो,’ उनले भने, ‘बैकल्पिक विमानस्थल बनाउन पहल गर्दा अनावश्यक विवाद सृजना गर्ने काम भइरहेको छ ।’

उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेश सरकारलाई कर्णालीमा अन्र्तराष्ट्रियस्तरको विमानस्थल आवश्यक छैन भने निर्णय गर्न भनेको बताए ।

 ‘यो भन्दा ठूलो विमानस्थल कर्णालीलाई चाहिँदैन्, यहीँ उत्तर–दक्षिण विस्तार गरे पुग्छ भनेर मन्त्रिपरिषद्ले निर्णय गरेर च्याप्टर क्लोज गर्नुपर्‍यो,’ उनले भने, ‘यदी आवश्यक हो भने प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो काम अघि बढाइनुपर्छ ।’

प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले कर्णालीको दीर्घकालीन गुरुयोजना आवश्यक रहेको बताए । उनले पञ्चवर्षीय योजना निर्माण गरेर कार्यान्वय गरिरहेको भएपनि समग्र गुरुयोजना निर्माण गर्न नसकिएको बताए । उनले ‘समृद्ध कर्णाली र सुखारी कर्णालीबासी’को दीर्घकालीन सोच पूरा गर्नका लागि गुरुयोजना निर्माणमा लाग्ने बताए ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ७ : ५१ बजे

जलवायु वित्त परिचालनको कार्यविधिको मस्यौदा तयार

काठमाडौं– सरकारले जलवायु परिवर्तनबाट सिर्जित समस्याको समाधान गर्ने र अन्तर्राष्ट्रिय

धर्म र संस्कृतिसँग जोडिएका भक्तपुरको नौ हिटी

भादगाउँ– भक्तपुर नगरपालिका–१ को दुगुरेको स्वकी अजिमा हिटीमा स्नान गरी

तिलोत्तमाका युवाद्वारा प्राङ्गारिक मलको उत्पादन सुरु

रुपन्देही– जिल्लाको तिलोत्तमाका युवाहरूले प्राङ्गारिक मलको उत्पादन सुरु गरेका छन्

आवतजावतमा विशेष सावधानी अपनाउन प्रशासनको आग्रह

बैतडी– लगातार वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम

भैंसीको शिकार गर्न पुगेका अमेरिकी करोडपतिको भैंसीले नै हानेर ज्यान गयो

केपटाउन– दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा शिकारको क्रममा अमेरिकी करोडपति एवम्