स्थानान्तरण गरिएको ओखरबोट माविको भवन पहिरोको जोखिममा « Khabarhub

स्थानान्तरण गरिएको ओखरबोट माविको भवन पहिरोको जोखिममा


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालयको कक्षाकोठा भवनलगायत पूर्वाधार पहिरोले बगाएको छ ।

ओखरबोटको फेदीमा रहेको पाखोबाट सुरू भएको पहिरो करिब ६०० मिटर माथि रहेको विद्यालयसम्म पुगेको हो । धाँजा फाटेर चिराचिरा परेको जमिन निरन्तर बगिरहेको छ । पुरानो भवन पहिरोको जोखिममा परेपछि करिब २०० मिटरमाथि किमबोटमा अस्थायी भवन बनाएर शैक्षिकसत्र २०८२ देखि पठनपाठन सञ्चालन गरिएको थियो ।

हाल विद्यालय सञ्चालन भएको पाखोमा पनि जमिन धाँजा फाटेर चिरा पर्न र बग्न थालेपछि जोखिम बढेको प्रअ नवीन कार्कीले बताए । “स्थापनाकालदेखि विद्यालय सञ्चालन हुँदै आएको ठाउँमा पहिरो आएपछि गत वैशाख महिनादेखि नयाँ ठाउँमा विद्यालय सारेका थियौँ”, उनले भने, “केही दिनदेखिको निरन्तरको झरीसँगै पुरानो भवन, घेराबार, खेलमैदान बगाउनुका साथै हाल विद्यालय सञ्चालन गरिएको ठाउँसम्म जमिन चर्किएको छ ।”

पहिरो रोकथामका लागि स्थानीयवासी र विद्यालयले त्रिपालले छोपेर राखेका छन् । विद्यालय स्थानान्तरण गरेपछि खाली भएको भवनमा शिक्षकले आवासका रूपमा प्रयोग गर्दै आएका थिए । चार÷चार कोठे दुई वटा पक्की भवन जमिन चर्किएपछि ढल्ने अवस्थामा छन् । ढुङ्गा, माटो र काठले बनेको १७ कोठे कच्ची भवन, शौचालय, घेराबार र खेलमैदान पहिरोसँगै बगेको छ । पहिरोले विद्यालयमा रु तीन करोडभन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको प्रअ कार्कीले बताए ।

किमबोटमा आव २०८१र८२ मा मालिका गाउँपालिकाको रु २० लाख अनुदानमा अस्थायी कच्ची भवन बनाएर विद्यालय स्थानान्तरण गरिएको थियो । तेह्र कोठे नयाँ भवन नजिकै पनि पहिरोले जमिन धाँजा फाटेर चिरा, चिरा पर्न थालेकाले जोखिम बढेको प्रअ कार्कीले बताए ।

विसं २००८ मा स्थापना भएको कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल २०० जना विद्यार्थी छन् । ओखरबोट गाउँभित्र भवन बनाउन विसं २०८० मङ्सिरमा अमिक शेरचनका १० दाजुभाइले नौ रोपनी, तीन आना, तीन दाम, दुई पैसा क्षेत्रफल जग्गा उपलब्ध गराएका थिए ।

ओखरबोट पूर्वउपप्रधानमन्त्री एवं गण्डकी र लुम्बिनीका पूर्वप्रदेश प्रमुख शेरचनको जन्मथलो हो । शेरचन दाजुभाइले सरकारीको मापदण्डअनुसार रु ४४ लाख ७७ हजार मूल्य पर्ने जग्गा निःशुल्क उपलब्ध गराए पनि बजेट र योजनाको अभावमा उक्त जग्गामा भवन निर्माण हुन नसकेको प्रअ कार्कीले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ८ : ५० बजे

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रे– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं – मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र