करेन्ट लागेर एक जनाको मृत्यु | Khabarhub Khabarhub

करेन्ट लागेर एक जनाको मृत्यु


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भीमफेदी – मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ जोगिताल पुछार टोलमा आज करेन्ट लागेर एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आज बिहान करिब ९ बजे जोगितालस्थित आफ्नै खेतमा बाली जङ्गली जनावरबाट जोगाउन बनाइएको करेन्टयुक्त तारमा छोइएपछि लालबहादुर मोक्तानको घटनास्थलमै ज्यान गएको हो ।

चितवन जिल्ला राप्ती नगरपालिका–१ बसोबास गर्दै आएका करिब ३५ वर्षीय मोक्तानले मनहरी गाउँपालिका–६ स्थित आफ्नै खेतमा जङ्गली जनावरबाट बाली जोगाउनका लागि नाङ्गो विद्युत् तारमा हुक जोडेर करेन्ट प्रवाह गराएका थिए । खेतको निगरानीका लागि गएका उनी ती तारमा छोइएर मृत्यु भएको प्रहरी चौकी सुनाचुरीले जनाएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ९ : २१ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

सातामा ७२ अङ्क घट्यो नेप्से, करेक्सन कि बियरिस ?

काठमाडौँ – यो साता नेपालको शेयर बजारमा भारी गिरावट आएको

शिक्षक महासंघले भाद्रबाट फेरि आन्दोलन गर्ने

काठमाडौं– नेपाल शिक्षक महासंघले भाद्रको दोश्रो हप्ताको प्रारम्भबाट आन्दोलन गर्ने

पाकिस्तानमा फेला पर्‍यो हुबहु ट्रम्पजस्तै देखिने भैँसी (भिडियो)*

काठमाडौं– पाकिस्तानमा एउटा सेतो भैँसी फेला परेको छ । सिङसहित

सल्यानमा एक जना मृत अवस्थामा फेला

सल्यान– बनगाड कुपिण्डे नगरपालिका-१ अम्रास्थित भेरी नदीको किनारमा हाल नाम, थर