विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए « Khabarhub

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी परिवारको सम्पर्कमा आएका छन् ।

१५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार गत सोमबारदेखि बेपत्ता भएका थिए । सोमबार बिहान विद्यालय जान घरबाट निस्किएका उनीहरु विद्यालय नगई बेपत्ता भएका थिए ।

उनीहरु परिवारको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । किशोरीहरुले आफूहरुलाई खोज्न पर्दैन भनेर भनेको उनले उल्लेख गरे ।

सोमबार साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले इलाका प्रहरी कार्यालय भानुमा खोजी गरिदिन निवेदन दिएका थिए । उनीहरुको मोबाइलको अन्तिम लोकेसन पोखरा देखिएको छ ।

दुई बालिका भेटिए

भानु नगरपालिका–४ राना गाउँबाट गत मङ्गलबार सम्पर्कविहीन भएका दुई बालिका भेटिएका छन् । १२ वर्षीया मन्सु घर्ती र उनकी सानी बहिनी तीन वर्षीया कञ्चन घर्ती राति भेटिएका हुन् ।

काँक्रो चोरेको निहुँमा घरमा आमाले गाली गरेपछि त्यही रिसमा विद्यालय नगई दिनभर गाँउतिर लुकेको र राति अबेरसम्म खोज्दै गर्दा राति १२ बजे गाउँमै लुकेर बसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ९ : ४८ बजे

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै

गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका

दशौँ राष्ट्रिय खेलकुद सर्दैन, तोकिएकै समयमा हुन्छ : शिक्षामन्त्री सस्मित पोखरेल

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका