ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक दुर्घटनामा एउटै परिवारका ७ जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जना बालबालिका रहेका छन् ।
चन्द्रगञ्ज हाइवे प्रहरी चौकीका प्रमुख मोबारक हुसैनका अनुसार, पीडितहरू हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट आफन्तलाई लिएर माइक्रोबसमा घर फर्किरहेका थिए ।
फर्किने क्रममा बेगमगञ्ज उप–जिल्लामा सवारी साधन अनियन्त्रित भई सडक छेउको नहरमा खस्दा दुर्घटना भएको हो ।
“हामी अनुमान गर्छौं कि चालक सुतिरहेको हुन सक्छ, जसका कारण सवारी नियन्त्रण गुमाएर नहरमा खस्यो,“ उनले भने।
स्थानीय समयअनुसार बिहान करिब ६ बजे भएको सो दुर्घटनामा सवार सबैको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।
बङ्गलादेशमा सडक दुर्घटनाको दर निकै उच्च छ । कमजोर सडक संरचना, मर्मतविहीन सवारी साधन, अयोग्य चालकद्वारा ट्राफिक नियमको उल्लंघन र ट्राफिक विभागको कमजोर निगरानीका कारण यस्तो समस्या झन गम्भीर बन्दै गएको विज्ञहरू बताउँछन् ।
प्रतिक्रिया