बेपत्ता पारिएकालाई रिहा गर्न माग गर्दै कराँचीमा प्रदर्शन « Khabarhub

बेपत्ता पारिएकालाई रिहा गर्न माग गर्दै कराँचीमा प्रदर्शन


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा जबरजस्ती बेपत्ता पारिएका एक जना बलोच समुदायका व्यक्तिको रिहाइको माग गर्दै प्रदर्शन गरिएको छ । पाकिस्तानको कराँची शहरमा अमीर बख्श बालोचको परिवारले प्रदर्शन गरेका हुन् ।

अमीर बख्शलाई विगत ११ वर्षदेखि बेपत्ता छन् । परिवारले उनलाई जबरजस्ती बेपत्ता पारिएको आरोप लगाउँदै आएको छ ।

द बालोचिस्तान पोष्टका अनुसार परिवारले कराँची प्रेस क्लबबाहिर प्रदर्शन गरेको हो । प्रदर्शनकारीले अमीर बख्शको अवस्थाबारे तत्काल जानकारी दिन र उनको तत्काल रिहाइको माग गरेका छन् ।

परिवारले जनाए अनुसार अमीर बख्शलाई सन् २०१४ मा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । त्यसयता उनको अवस्था अज्ञात छ ।

बलोचिस्तानमा लामो समयदेखि पृथकतावादी आन्दोलन हुँदै आएको छ । यस आन्दोलनलाई दबाउनका लागि पाकिस्तानी सेनाले बलोचिस्तानमा गैरन्यायिक हत्या, जबरजस्ती बेपत्ता, अपहरण र अन्य हिंसात्मक कारवाही सञ्चालन गर्दै आएको छ ।

हालसम्म सुरक्षाकर्मीले बलोचिस्तानमा हजारौं जनालाई जबरजस्ती बेपत्ता पारेको मानव अधिकारवादी संस्थाहरुले बताएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  २ : ५२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा