पाकिस्तानमा विलासी सवारीको खरिदमा ठूलो घोटाला « Khabarhub

पाकिस्तानमा विलासी सवारीको खरिदमा ठूलो घोटाला


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा विलासी सवारीको खरिदमा ठूलो घोटाला हुने गरेको पाइएको छ । पाकिस्तानको भन्सार महानिर्देशनालयको पोस्ट क्लियरेन्स अडिट (पीसीए) प्रतिवेदनमा यसबारे खुलासा भएको हो ।

एक्सप्रेस ट्रिब्युनका अनुसार यसबारे १ सय २७ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक भएपछि पाकिस्तानमा हलचल मच्चिएको छ । यसलाई पाकिस्तानी इतिहासमै विलासी सवारीको आयातमा भएको सबैभन्दा ठूलो घोटाला मानिएको छ ।

सन् २०२४ को डिसेम्बरदेखि सन् २०२५ को मार्च महिनासम्म आयात गरिएका १ हजार ३ सय ३५ वटा सवारी साधनको तथ्याङ्कका आधारमा प्रतिवेदन तयार पारिएको हो । प्रतिवेदनमा कतिपय आयातकर्ताले रसिदमा सवारी साधानको कुल मूल्य ६७ करोड पाकिस्तानी रुपैयाँ उल्लेख गरेका थिए । यद्यपि ती सवारीको वास्तविक मूल्य भने ७ अर्ब २५ करोडभन्दा धेरै पाइएको थियो ।

भुक्तानी गरिएको रकममा हेराफेरी गरी आयातकर्ताले भन्सार र अन्य करस्वरुप केबल १ अर्ब २९ करोड रुपैयाँ तिरेका थिए । यसबाट राष्ट्रिय ढुकुटीमा १८ अर्ब ७८ करोड रुपैयाँ नोक्सानी भएको थियो ।

समीक्षा अवधिमा आयात गरिएका ९९ दशमलब ९८ प्रतिशत ल्याण्ड क्रुजर सवारी यस्तै हेराफेरी गरेर ल्याइएको भेटिएको छ । यस लेखा प्रतिवेदनको थप अध्ययनका लागि संघीय आय बोर्डलाई पठाइएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ४ : ३४ बजे

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत