भ्रष्टाचारका कारण पाकिस्तान प्रशासित जम्मु कश्मीरमा पूर्वाधारको अवस्था दयनीय « Khabarhub

भ्रष्टाचारका कारण पाकिस्तान प्रशासित जम्मु कश्मीरमा पूर्वाधारको अवस्था दयनीय


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तान प्रशासित जम्मु कश्मीरमा पूर्वाधारको अवस्था दयनीय रहेको भन्दै स्थानीयहरुले आक्रोश व्यक्त गरेका छन् । सो क्षेत्रमा व्याप्त भ्रष्टाचारका कारण पूर्वाधारको विकास हुन नसकेको उनीहरुको आरोप छ ।

कश्मीर ब्रेकिङ न्यूजका अनुसार पाकिस्तान प्रशासित जम्मु कश्मीरमा सडक, स्वास्थ्य सेवा, शिक्षा र खानेपानीजस्ता आधारभूत सुविधाहरूको चरम अभाव छ । यस कारण स्थानीयहरुको जीवनयापनमै कठिनाइ आइरहेको समाचारमा उल्लेख छ ।

स्थानीय बासिन्दा तथा सामाजिक कार्यकर्ताहरूले सरकारी अधिकारी र ठेकेदारको मिलेमतोमा विकास बजेटको दुरुपयोग हुने गरेको आरोप लगाएका छन् । ठूला परियोजनाका लागि छुट्याइएको रकम व्यक्तिगत लाभका लागि हिनामिना हुने गरेको जनाइएको छ । भ्रष्टाचारका कारण पूर्वाधार निर्माणका परियोजनाहरू अधुरै रहने वा गुणस्तरहीन हुने गरेको उनीहरूको गुनासो छ ।

कतिपय अवस्थामा ग्रामीण क्षेत्रमा सडक निर्माण र मर्मतका लागि छुट्याइएको बजेट बारम्बार गलत ठाउँमा प्रयोग भएको पाइएको छ । जसले विकट गाउँलाई बाहिरी बजार र सेवाको पहुँचबाट वञ्चित गरेको छ ।

शिक्षा र स्वास्थ्य सेवाको अवस्था पनि उस्तै छ । अस्पतालहरूमा आधारभूत उपकरण र औषधिको अभाव छ । विद्यालयमा शिक्षक र शैक्षिक सामग्रीको कमी देखिएको छ । स्वच्छ खानेपानीको अभावका कारण धेरै गाउँबस्तीमा पानीजन्य रोगहरू फैलिन थालेको छ ।

स्थानीय सामाजिक कार्यकर्ताले प्राकृतिक रुपमा सम्पन्न भएपनि यो क्षेत्रका स्थानीय समुदायले जलविद्युत र खनिजजस्ता स्रोतको लाभ हासिल गर्न नसकेको बताएका छन् । पारदर्शी शासन र जवाफदेहीताको माग गर्दै सो क्षेत्रमा बारम्बार विरोध प्रदर्शन पनि हुने गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ४ : ४६ बजे

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको