एक दिनमा देशभर ३४ विपदका घटना « Khabarhub

एक दिनमा देशभर ३४ विपदका घटना


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण शुक्रबार देशभर ३४ विपदका घटना भएको जनाएको छ । प्राधिकरणकाअनुसार पहिरो, अविरल वर्षा, चट्याङ, आगलागी, जनावर आक्रमणजस्ता विपदका घटना भएका हुन् ।

विपदमा परेर एकको मृत्यु, छ जना घाइते भएका छन् । विभिन्न पाँच वटा सडकमा अवरोध भएका छन् भने अनुमानित क्षति तीन लाख ९५ हजार बराबर भएको छ ।

प्राधिकरणका अनुसार, पाँचथर, ताप्लेजुङ, लम्जुङ, मुस्ताङ, रोल्पा, रुकुमपूर्व, सुर्खेत, जाजरकोट, रुकुम पश्चिम, डोटी, बझाङ र सोलुखुम्बुमा पहिरोकारण जनजीवन प्रभावित भएको छ ।

यस्तै, सोलुखुम्बु, कास्की, दाङ, कालिकोट,रुकुम पश्चिम, बैतडी, डडेल्धुरामा अविरल वर्षाका घटना भएका छन् । यसैगरी बझाङ, सुनसरी, ओखलढुंगा, रुपन्देही, सर्खेत, मुगु, कैलालीमा चट्याङका घटना भएका छन् । यस्तै, सर्लाही, बर्दिया, कञ्चनपुर र डोटीमा जनावर आक्रमणको घटना घटेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार, गत वैशाखदेखि यही भदौ १८ गतेसम्म कूल तीन हजार ४४७ वटा विपदका घटना घटेका छन् । त्यसमा परेर २२१ जनाको निधन भएको छ ।

यस्तै, २२ जना नागरिक बेपत्ता भएका छन् भने ८११ जना घाइते भएका छन् । ती घटनामा परेर ६ हजार २६१ घरपरिवार प्रभावित भएका छन् ।

कूल २५४ वटा बाढीका घटना भएका छन् । त्यसमा परेर २७ जनाको निधन भएको छ भने २२ बेपत्ता भएका छन् । यस्तै, १० जना घाइते भएका छन् भने एक हजार ८१२ घरपरिावर प्रभावित भएका छन् । यस्तै, ४१८ वटा पहिरोका घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने ५५९ घरपरिावर प्रभावित भएका छन् ।

यसैगरी, आगलागीका घटना एक हजार २३१ भएका छन् । आगलागीमा परेर २३ जनाको निधन भएको छ भने १७४ घाइते भएका छन् । (रासस)

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ८ : १९ बजे

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।