गण्डकीमा २४५ किलोमिटर पक्की सडक निर्माण « Khabarhub

गण्डकीमा २४५ किलोमिटर पक्की सडक निर्माण


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१–०८२ मा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान भएको छ ।

आर्थिक वर्ष २०८१–०८२ को सहित २०७४ सालमा प्रदेश सरकार स्थापना भएयता एक हजार १४६ दशमलब ८८ किलोमिटर सडक कालोपत्रे र ढलान भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाँले प्रदेश सरकारले गत वर्ष सम्पन्न भएका ११ वटा सहित ११२ वटा सडक पुल निर्माण गरेको जानकारी दिए । उनका अनुसार गत वर्षको ६६ दशमलब ७३ किलोमिटर सहित हालसम्म ७६२ दशमलब ७३ किलोमिटर सडक ग्राभेल भएको छ ।

गत वर्षको पाँचवटा सहित ८७ वटा झोलुङ्गे पुल र ३९ वटा सहित ६७ वटा भवन निर्माण तथा मर्मत भएको बानियाँले बताए । गत आर्थिक वर्षमा १२ अर्ब ७१ करोड आठ लाख ६९ हजार बजेट बिनियोजन गरेको मन्त्रालयले ७६ दशमलब ५२ प्रतिशत अथवा नौ अर्ब ७२ करोड ६७ लाख ३७ हजार खर्च गरेको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयले पछिल्लो पाँच वर्षयताकै धेरै बजेट खर्च गरेको बताए । यस वर्ष पुराना योजनालाई पूर्णता दिन बहुवर्षीय योजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको उनको भनाइ छ ।

मन्त्रालयले गत वर्ष चार अर्ब २७ करोड ६५ लाख ५६ हजार लागत अनुमान गरिएको ४७ सडक, १३ सडक पुल, १३ झोलुङ्गे पुल र एक वटा भवन निर्माणका लागि गत वर्ष बहुवर्षीय ठेक्का लगाएको छ । आर्थिक वर्ष २०८१–०८२ मा ६३ वटा बहुवर्षीय योजना सम्पन्न भएका छन् ।

हाल २७१ बहुवर्षीय योजना निर्माणाधीन छन् । निर्माणाधीनमध्ये १८६ प्रदेश सडक, चार सङ्घीय सडक, डिजाइन एण्ड बिल्ड माध्यमबाट निर्माण गर्नेगरी ठेक्का लागेका सात र तीन वटा सङ्घीयसहित ६६ वटा सडक पुल, १२ वटा झोलुङ्गे पुल र तीन वटा भवन छन् ।

मन्त्रालयले सञ्चालन गरेका २० योजना समस्याग्रस्त छन् । बहुवर्षीय योजनामा १० अर्ब १५ करोड ८१ लख ७४ हजार दायित्व रहेकोमा आर्थिक वर्ष २०८२–०८३ मा चार अर्ब ७७ करोड ८३ लाख ३४ हजार विनियोजन भएको छ ।

सालबसाली योजनाको ठेक्का लगाउँदा बचत भएको रकम बहुवर्षीय योजनामा आन्तरिक रकमान्तर गरेर आर्थिक स्रोतको व्यवस्थापन गरिएको मन्त्रालयका सचिव कमलबहादुर अधिकारीले बताए । गत वर्ष सालबसाली योजनाको ठेक्काबाट बचेको एक अर्ब ९४ करोड एक लाख ३१ हजार बहुवर्षीय योजनामा रकमान्तर गरिएको थियो । (रासस)

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ८ : ५६ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा