पहिरोले बेहाल अरनिको राजमार्ग (तस्बिरहरू) « Khabarhub

पहिरोले बेहाल अरनिको राजमार्ग (तस्बिरहरू)


२१ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २, इको क्षेत्रमा साउन १८ गते खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग अझै पूर्णरूपमा सञ्चालन हुन सकेको छैन ।

यस बीचमा करिब चार दिन मात्रै यातायात आंशिक रूपमा खुलेको थियो, तर पुन वर्षा बढेपछि राजमार्ग फेरि बन्द भएको हो ।

हालसम्म करिब २५० मिटर सडक प्रभावित छ, जसमा ५० मिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ ।

चीनसँगको प्रमुख व्यापारिक नाकातर्फ जाने यो मार्ग बन्द हुँदा कन्टेनर गाडीहरू बाटोमै अड्किएका छन् । विशेष गरी फलफूल र तरकारी बोकेका गाडीका सामान कुहिन थालेका कारण व्यापारीहरू मारमा परेका छन् । केही व्यवसायीहरूले भने भरियाको भरमा सामान लैजान थालेका छन् ।

सडक डिभिजन, स्थानीय सरकार र सुरक्षा निकायबीच अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सहज रूपमा खोल्न कठिन देखिएको छ ।

तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  १० : ५९ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’