पहिरोले बेहाल अरनिको राजमार्ग (तस्बिरहरू) « Khabarhub

पहिरोले बेहाल अरनिको राजमार्ग (तस्बिरहरू)


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २, इको क्षेत्रमा साउन १८ गते खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग अझै पूर्णरूपमा सञ्चालन हुन सकेको छैन ।

यस बीचमा करिब चार दिन मात्रै यातायात आंशिक रूपमा खुलेको थियो, तर पुन वर्षा बढेपछि राजमार्ग फेरि बन्द भएको हो ।

हालसम्म करिब २५० मिटर सडक प्रभावित छ, जसमा ५० मिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ ।

चीनसँगको प्रमुख व्यापारिक नाकातर्फ जाने यो मार्ग बन्द हुँदा कन्टेनर गाडीहरू बाटोमै अड्किएका छन् । विशेष गरी फलफूल र तरकारी बोकेका गाडीका सामान कुहिन थालेका कारण व्यापारीहरू मारमा परेका छन् । केही व्यवसायीहरूले भने भरियाको भरमा सामान लैजान थालेका छन् ।

सडक डिभिजन, स्थानीय सरकार र सुरक्षा निकायबीच अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सहज रूपमा खोल्न कठिन देखिएको छ ।

तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  १० : ५९ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा