नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ « Khabarhub

नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ


२१ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरमा नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ परेका छन् । शुक्लाफाँटा नगरपालिका–३ जोनापुरबाट दुई जना नेपाली र तीन जना भारतीय नागरिक साढे ७३ हजार भारतीय नक्कली मुद्रासहित पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा शुक्लाफाँटा–१ बन्साहका ३२ वर्षीय सौगातबहादुर सिंह र २४ वर्षका  चन्द्र बोहरा तथा भारतीय नागरिक २५ वर्षीय कुलदिप चतुर्बेदी, २० वर्षीय अमित यादव र २४ वर्षीय हिमांशु शर्मा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयले खुलाएको परिचयअनुसार भारतीय नागरिक चर्तुबेर्दी बरेली तेसिलमिगञ्ज ग्रामका, यादव बरेली फटितेगञ्जका र उद्धमसिंह नगर उत्तराखण्डका बासिन्दा हुन् । 

उनीहरू पाँचै जनालाई नेपाली सेनाको रणसिहं सुरक्षा गण जोनापुर पोस्टले चेकजाँच गर्ने क्रममा नक्कली जस्तो देखिने भारतीय रूपैयाँ पाँच सय दरका १४७ थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

नक्कली नोटसहितको समूहबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय झालारीको टोलीले पिछा गर्ने क्रममा सेनाको चेकपोस्टमा उनीहरू पक्राउ परेका कञ्चनपुर प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार पक्राउ परेकाहरू भारतीय नम्बर यूपी १४ बीएच २०७३ नम्बरको गाडीमा सवार थिए ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  २ : ३५ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको