नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ « Khabarhub

नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ


२१ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरमा नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ परेका छन् । शुक्लाफाँटा नगरपालिका–३ जोनापुरबाट दुई जना नेपाली र तीन जना भारतीय नागरिक साढे ७३ हजार भारतीय नक्कली मुद्रासहित पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा शुक्लाफाँटा–१ बन्साहका ३२ वर्षीय सौगातबहादुर सिंह र २४ वर्षका  चन्द्र बोहरा तथा भारतीय नागरिक २५ वर्षीय कुलदिप चतुर्बेदी, २० वर्षीय अमित यादव र २४ वर्षीय हिमांशु शर्मा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयले खुलाएको परिचयअनुसार भारतीय नागरिक चर्तुबेर्दी बरेली तेसिलमिगञ्ज ग्रामका, यादव बरेली फटितेगञ्जका र उद्धमसिंह नगर उत्तराखण्डका बासिन्दा हुन् । 

उनीहरू पाँचै जनालाई नेपाली सेनाको रणसिहं सुरक्षा गण जोनापुर पोस्टले चेकजाँच गर्ने क्रममा नक्कली जस्तो देखिने भारतीय रूपैयाँ पाँच सय दरका १४७ थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

नक्कली नोटसहितको समूहबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय झालारीको टोलीले पिछा गर्ने क्रममा सेनाको चेकपोस्टमा उनीहरू पक्राउ परेका कञ्चनपुर प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार पक्राउ परेकाहरू भारतीय नम्बर यूपी १४ बीएच २०७३ नम्बरको गाडीमा सवार थिए ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  २ : ३५ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको