आज २०८२ साल असोज २० गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल असोज २० गते सोमबारको राशिफल


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज २० गते सोमबार । आश्विन शुक्ल पक्षका चतुर्थी तिथि । पूर्णिमा व्रत । तदनुसार सन् २०२५ अक्टोबर ६ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । तपाईंले आज गरेको कारोबार डुब्ने जोखिम छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही सुधारका संकेत देखिनेछन् । राजनीतिमा संकट आइपर्नेछ । ठूला व्यक्तिको सल्लाह लिएर काम गर्नुहोला ।

वृष : दिन राम्रो छ । गुम्नै लागेको धन हात लाग्नेछ, लगानी गरेको भए राम्रै नतिजा हात लाग्नेछ, सामाजिक सेवाका अवसर मिल्नेछ । परिवारको सहकार्यमा गरेको काममा फाइदा हुनेछ ।

मिथुन : दिन रामै्र छ । धर्मकर्ममा मन जानेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्य लाभ हुनेछ । परिवारको साथ सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन राम्रो छ । पठनपाठनमा मन जानेछ । शिक्षामा प्रगति हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । अग्रज परामर्श लिएर गरेको काममा फाइदा हुनेछ ।

सिंह : दिन सामान्य छ । आज खर्च बढ्नेछ । अनावश्यक यात्रा हुनेछ । पठनपाठनमा मन जानेछ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । आफूले विश्वास गरेका साथीबाट धोका हुनसक्छ ।

कन्या : दिन राम्रो छ । परिवारमा मेलमिलाप हुनेछ । अनावश्यक काममा सम्पत्ति खर्च हुनेछ । समाजसेवाका अवसर मिल्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

तुला : दिन सामान्य छ । आफन्तबाट अपमान भएको भान हुनेछ । स्वास्थ्यले साथ नदिँदा मन खिन्न हुनेछ । धर्मकर्ममा मन जानेछ । संकटमा साथीको साथ मिल्नेछ । परिवारमा भने खटपटी बढ्नेछ ।

वृश्चिक : दिन राम्रो छ । पठनपाठनमा मन जानेछ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ । शिक्षामा प्रगति हुनेछ ।

धनु : दिन सामान्य छ । लगानी गरेको भए घाटा हुने सम्भावना छ । परिवारको साथसहयोगमा अघि बढेको कामबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा संकट आइपर्ने छ ।

मकर : दिन सामान्य छ । आज सञ्चित धन खर्च हुनेछ । पूराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ । बन्धुसँगको कार्यएकताले मन प्रशन्न रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : दिन राम्रो छ । शिक्षामा जोश जाँगर बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ । व्यापारमा नाफा हुने योग छ ।

मीन : दिन राम्रो छ । मन प्रशन्न हुने योग छ । धार्मिक क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा मन जानेछ । लगानी गरेको भए सामाजिक क्षेत्रमा फाइदा हुनेछ । आर्थिक र पारिवारिक सम्बन्ध पनि सुमधुर बन्नेछ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ५ : ०९ बजे

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।