यो समय कोशी सरकारले औचित्य र क्षमता  पुष्टि गर्ने समय हो : इन्द्र आङ्बो « Khabarhub

यो समय कोशी सरकारले औचित्य र क्षमता  पुष्टि गर्ने समय हो : इन्द्र आङ्बो


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले कोशी प्रदेश सरकारले आफ्नो क्षमता प्रस्तुत गर्ने समय यही रहेको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले लगातारको वर्षका कारण आएको बाढी पहिरोले कोशी प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएपछि सरकारलाई सुझाव दिँदै विपदका बेला नै सरकारले आफ्ना नागरिकप्रति उत्तरदायित्व बहन गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्– ‘संघीय सरकारलाई नागरिकसँग जोड्ने जनप्रतिनिधि विहीनताले नागरिकको पहुँच केन्द्रमा छैन, प्रशासन र कर्मचारीतन्त्रले तत्कालीन विपद प्रतिकार्यका काम गरिरहेकै छन् तर ठूलो जोखिम उठाएर उद्धार राहत र पुनर्निर्माणको काम सम्भव हुँदैन, श्रोत साधन र क्षेत्राधिकारको दृष्टिले पनि यो सङ्कटको घडिमा कोशी प्रदेश सरकारले, संघीय सरकारका निकायहरू, स्थानीय तह र जनप्रतिनिधिसँगको उचित समन्वयमा आफ्ना सबै संयन्त्र र स्रोत परिचालन गरेर आफ्नो औचित्य र क्षमता पुष्टि गर्ने बेला हो ।’

उनले जनतालाई नजिकको सरकारको प्रत्याभूति उद्धार, राहत, सेवाप्रवाह र पुनर्निर्माण मार्फत दिन प्रदेश सरकार सक्षम हुनु पर्ने भन्दै विपत्तिको समयमा सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् । 

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ९ : ३९ बजे

राष्ट्रसंघमा प्रधानमन्त्रीको सहभागिताबारे रास्वपामै दुई मत, रविले वालेन्द्रसँग कुरा गर्ने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा जाने–नजाने विषयमा राष्ट्रिय

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक, जफत गरिने

काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान