खोलाले बगाएर एक बालकको मृत्यु, दुई बालिका बेपत्ता « Khabarhub

खोलाले बगाएर एक बालकको मृत्यु, दुई बालिका बेपत्ता


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर– नुहाउन गएका बालकको खोलाले बगाएर मृत्यु भएको छ । रौतहटको राजपुर नगरपालिका–८ बलुवा गोठटोल बस्ने गोनवर मियाको १० वर्षीय छोरा अरवाज मियाको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । 

दिउँसो करिब २ बजे घरबाट नजिकै बकैया खोलामा नुहाउन गएका बालकलाई खोलाले बगाएको स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय राजपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक राजेन्द्र गिरी र सशस्त्र प्रहरी फतुवा बेसका सशस्त्र प्रहरी निरीक्षक पूर्णबहादुर तामाङको टोलीले ४० मिनेटपछि बालकलाई फेला पारेको प्रवक्ता कार्कीले जानकारी दिए । 

बालकको उपचारका लागि राजपुर प्राथमिक उपचार केन्द्र राजपुर फरदहवामा ल्याउँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरेको उहाँले जानकारी दिए

यसैबीच आजै दिउँसो देवाही गुनाही नगरपालिका–६ कर्कचटोलमा नुहाउन गएका दुई जना बालिका बेपत्ता भएका छन् । कर्कचटोलका रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी र सोही गाउँ बस्ने शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमाकुमारी आज दिउँसो करिब सावा २ बजेदेखि बेपत्ता भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। 

ती बालिका आफ्नो खेतको भँगालोमा नुहाउन गएको र खोजी कार्य तीव्र बनाइएको समेत उहाँले जानकारी दिए ।
 

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ४ : ०४ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना