गण्डकी प्रदेशसभा बैठक कृषि मन्त्रालयको सभाकक्षमा बस्ने « Khabarhub

गण्डकी प्रदेशसभा बैठक कृषि मन्त्रालयको सभाकक्षमा बस्ने


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गण्डकी– ‘जेन-जी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा भवन क्षतिग्रस्त बनेपछि स्थगित भएको प्रदेशसभा बैठक आगामी बुधबार दिउँसो १ बजे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा बस्ने भएको छ । 

पुनःप्रयोगमा ल्याउन नमिल्ने गरी प्रदेशसभा भवनलगायतका संरचनामा क्षति पुगेकाले प्रदेशसभा बैठक सञ्चालनका लागि कृषि मन्त्रालयको भवनमा वैकल्पिक व्यवस्था गरिएको सभामुख कृष्णप्रसाद धितालले बताए। 

“तत्कालका लागि बैठक बस्न अस्थायी प्रबन्ध गरिएको हो, अहिलेको बैठक तीन दिन मात्र चल्छ, बर्खे अधिवेशन सकिएपछि अन्य व्यवस्था गरिन्छ”, उनले भने। बैठकमा गाँजा खेती, खानी तथा खनिज सम्बन्धी विधेयकबारे दफाबार छलफल र पारित गर्ने कार्यसूची रहेको सभामुख धितालले जानकारी दिए । 

गत भदौ २५ गते प्रदेशसभा बैठक डाकिएकामा त्यसको अघिल्लो दिन भदौ २४ गते  ‘जेन-जी’ प्रदर्शनकारीले प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेका थिए । त्यसपछि उत्पन्न विषम परिस्थितिका कारण प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको थियो । 

प्रदेशसभाको नयाँ भवन निर्माण सुरु गरिएकाले उक्त भवन नबनेसम्म अस्थायी संरचनाबाट प्रदेशसभाका कामकारबाही सञ्चालन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा भवन काठ र ढुंगाबाट बनेको पुरानो शैलीको संरचना भएकाले आगलागीबाट पूर्ण रूपमा क्षति भएको थियो ।  
 

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ४ : २४ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध