भोजपुरमा वर्षाले धानबालीमा क्षति « Khabarhub

भोजपुरमा वर्षाले धानबालीमा क्षति


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भोजपुर– जिल्लामा लगातार भइरहेको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ । बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन् ।

जिल्लाको अधिकांश भेगमा असोजसम्म धान बाली परिपक्व अवस्थामा पुगेको भउ पनि यसपटक वर्षा र हावाहुरीका कारण  धानबाली क्षति पुगेको किसानको भनाइ छ । 

जिल्लाको बोखिम, पोखरे, दावालगायत धेरै ठाउँमा धानबालीमा क्षति पुगेको छ । जिल्लाका सबै स्थानीय तहमा  धानको खेती हुने गरेको छ । वर्षासँगै आएको हावाले धानबालीमा क्षति पुर्‍याएको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान रूपनारायण फुँयालले बताए।

 बोखिम क्षेत्रका धेरै किसानको धानबालीमा बर्सातले क्षति पुर्यायको उनको भनाइ छ । 

‘भारी बर्सातका कारण धानबालीमा क्षति पुगेको छ’, उनले भने, ‘पसाउँदै गरेको धान खेतमा ढलेर सखाप भएको अवस्था छ, अझै यस्तै अवस्था रहेमा धानबालीमा ठूलो क्षति हुने अवस्था छ ।’

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ५ : २४ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको