बाढीबाट रौतहटमा ४१२ परिवार विस्थापित « Khabarhub

बाढीबाट रौतहटमा ४१२ परिवार विस्थापित


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर– गत शनिबार र आइतबार आएको अविरल वर्षाले जिल्लामा ठूलो क्षति पुर्‍याएको छ । सदरमुकाम गौर हालसम्म जलमग्न छ । पूर्वतर्फ रहेको बागमती नदी र पश्चिमतर्फ रहेको लालबकैया नदीको बाढी पसेपछि गौर जलमग्न भएको हो । 

बाढीबाट हालसम्म ४१२ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए । सबैभन्दा बढी दुर्गाभगवती गाउँपालिकामा २३६ परिवार विस्थापित भएका छन् । 

उक्त क्षेत्रमा एक हजारभन्दा बढी घरभित्र बाढी पसेको थियो । झाझखोला र बागमती नदीको बीचमा रहेको सो गाउँपालिकाको वडा नं ४ पचरुखी र वडा नं ५ बर्डहवा बढी प्रभावित भएका छन् । बाढीले धान बाली नष्ट गरेको छ । 

गौरसँगै जोडिएको राजदेवी नगरपालिकामा बाढीबाट ८९ परिवार विस्थापित भएका प्रहरी उपरीक्षक गिरीले बताए । सबैभन्दा बढी वडा नं ८ र ९ प्रभाबित बनेका छन् । बाढीले गौर, राजपुर, गुजरा, कटहरिया, इशनाथ, माधव नारायण, गढीमाई, वृन्दावन, मौलापुर, फतुवा विजयपुर नगरपालिका तथा यमुनामाई गाउँपालिमा बढी क्षति पुगेको छ ।

बाढीले रौतहटभित्रका ठूला सडकसमेत अवरुद्ध भएका छन् । गौर भन्सारदेखि बिपीचोकसम्म सडकमा पानी जमेको छ । बाढीले मौलापुर, सोनारनिया हुँदै हरनहिया–कलैया जोड्ने मुख्य सडक खण्ड बगाएको छ । भारी वर्षासँगै आएको बाढीले कालोपत्र सडकको ठूलो भाग बगाएपछि सो मार्गमा सवारी आवागमन पूर्णरूपमा बन्द भएको प्रहरी उपरीक्षक गिरीले जानकारी दिए । 

सरकारी कार्यालय डुबानमा

बाढीकै कारण गौरमा रहेका सरकारी कार्यालय डुबानमा परेका छन् । बागमती नदी र बकैया नदीको विभिन्न स्थानबाट बाढी पसेपछि उक्त क्षेत्र डुबानमा परेको हो । 

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार मङ्गलबारदेखि कार्यालय खोल्न निर्देशन प्राप्त भएपनि सेवाग्राही आउने अवस्था नरहेको बताए। बाढीले जिल्ला प्रशासन, गौर नगरपालिका, मालपोत, नापी, पूर्वाधार, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, गौर भन्सार, जिल्ला निर्वाचन, जिल्ला हुलाक कार्यालयलगायत कार्यालय डुबानमा परेका छन् । 

यसैगरी सशस्त्र प्रहरी बल नेपाल ११ नं हेड क्वाटर हजमनियाको कार्यालय पनि पूर्ण रूपमा डुबानमा परेको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिए । 

लक्ष्मीपुर बेलबिछुअवा, गौर, औरैया, सरमजुअवाको बिओपीका कार्यालयसमेत डुबानमा परेका छन् । रौतहटमा  नदीमा डुबेर एक जना तथा चट्याङमा परी तीन जनाले ज्यान गुमाएका छन् ।
 

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ५ : ३७ बजे

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ– टी–२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट जित हात

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबार बस्दैछ ।