फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण « Khabarhub

फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण सुरु भएको छ। कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोग एवं अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोगमा प्रशिक्षण सुरु भएको हो।

जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्दले देशभरि फुटबल प्रतियोगिता बढेपछि रेफ्री र कोचको अभावलाई मध्यनजर गरी प्रशिक्षण सञ्चालन गरिएको बताए। उनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट ३४ प्रशिक्षार्थी सहभागी भएका छन्। मङ्गलबारदेखि सुरु भएको एक साताको प्रशिक्षणमा सैद्धान्तिक र प्रयोगात्मक दुवै विधिबाट प्रशिक्षण हुनेछ।

पछिल्लो समय स्थानीयस्तरमा हुने फुटबल प्रतियोगितामा रेफ्री र कोचको अभाव हुन थालेपछि अन्यत्रबाट मगाउनुपर्ने बाध्यता रहेकाले प्रशिक्षणका लागि सहकार्य गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले बताए। “यहाँ फुटबल प्रतियोगिता धेरै तर रेफ्री बाहिरबाट ल्याउनुपर्ने अवस्था आएपछि कार्यपालिकाबाट निर्णय गरेर प्रशिक्षणमा सहयोग गरेका हौँ, यसले रेफ्री र कोच उत्पादनमा सहयोग पुग्ने विश्वास लिएका छौँ”, उनले भने।

खेलकुद विकास समिति कञ्चनपुरका सदस्य विकास महताले स्थानीयस्तरमा फुटबलको ‘क्रेज’ बढ्दै गएको र प्रशिक्षणले फुटबल खेलको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताउँछन्। “मुलुकभरि नै रेफ्रीको अभाव छ। प्रतियोगिता बढेका छन्। यो प्रशिक्षण फुटबलको विकासमा टेवा पुग्छ”, उनले भने, “रेफ्री र कोचको अभाव पूर्ति गर्नका लागि तीनै तहका सरकारले सहयोग गर्नु आवश्यक छ।”

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का पूर्वसहायक रेफ्री रोजन श्रेष्ठले प्रशिक्षण गरिराखेका छन्। प्रशिक्षणमा १८ देखि ३५ वर्षसम्मका खेलाडी र पूर्व खेलाडी सहभागी छन्।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ६ : २३ बजे

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक