एन्फा प्रेसिडेन्ट लिग : चित्लाङको विजयी सुरुवात « Khabarhub

एन्फा प्रेसिडेन्ट लिग : चित्लाङको विजयी सुरुवात


२० कार्तिक २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ बुधबार सुरु भएको छ। मकवानपुरस्थित खेल मैदानमा भएको उद्घाटन खेलमा चित्लाङ युवा क्लबले देउराली यूथ क्लबलाई ४-१ ले हरायो।

चित्लाङका लागि चन्दनकुमार दास, लोहन सुब्बा, विज्ञान खड्का र मदन स्याङतानले गोल गरे। देउरालीका राम चन्द्र वाजीले गोल गरे। चित्लाङका जय गुरुङ सो खेलका प्लेयर अफ द म्याच घोषित भए।

बुधबार भएको अर्को खेलमा विजय स्पोर्ट्स क्लब र लालीगुराँस एसोसिएसनका बीचमा गोलरहित बराबरी भयो। लालीगुराँसका सुरज ठकुरी सो खेलका प्लेयर अफ द म्याच भए।

२ मङ्सिरसम्म हेटौंडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ । सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब, काँक्रेविहार यूथ क्लब, विजय स्पोट्स क्लब, हैरान्स क्लब र लालीगुराँस एसोसिएसन क्लब छन्।

लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपियाँ पुरस्कार पाउने छ। उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने छ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन्। सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन्। राष्ट्रिय लिग पुस महिनामा हुने छ।

प्रेसिडेन्ट लिगको एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्बाङले उद्घाटन गरे। सो अवसरमा बोल्दै नेम्बाङले प्रतियोगिताले नेपाली फुटबलको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ९ : ०३ बजे

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ