सुदन गुरूङको आक्रोश : गृहमन्त्री ओमप्रकाश अर्यालले अब राजीनामा दिनुपर्छ  « Khabarhub

सुदन गुरूङको आक्रोश : गृहमन्त्री ओमप्रकाश अर्यालले अब राजीनामा दिनुपर्छ 


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालको तत्काल राजीनामा माग गरेका छन् । 

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको कडा सन्देशमा सरकार र मन्त्रीको निष्क्रियता, भ्रष्टाचारविरुद्धको कमजोरी, र न्यायमा ढिलासुस्तीबारे तीव्र आलोचना गरेका छन्।

गुरूङले लेखेका छन्, ‘देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेन-जीलाई कारबाही गर’ सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।’ 

उनले गृहमन्त्रीलाई जनताको विश्वास तोडेको आरोप लगाउँदै तत्काल जिम्मेवारी त्याग्न आग्रह गरेका छन् ।

उनले थप भनेका छन्, ‘अब दुई महिना हुन लागिसक्यो, न कुनै भ्रष्टाचारको कारबाही भयो, न कुनै हत्यारा पक्राउ। यो मौनता अपराधको समर्थन हो ।’ 

गुरूङले आफूलाई विगतमा भ्रामक समाचार र चरित्र हत्या अभियानले लक्षित गरेको दाबी गर्दै भनेका छन्, ‘मलाई केही फरक पर्दैन, तर अब तपाईँ (गृहमन्त्री) बाट आशा सकिएको छ ।’

उनको भनाइमा यो आन्दोलन कुनै राजनीतिक सौदाबाजी होइन, राष्ट्रको भविष्य सुरक्षित गर्न युवाहरूको आवाज हो। 

‘८४ को चुनाव ८२ मा सार्नका लागि यो आन्दोलन होइन,’ उनले चेतावनी दिंदै भने, ‘यदि नेपाली जनता र जेन्जीका माग सम्बोधन भएनन् भने, यसपालिको चुनाव हुन दिइने छैन ।’

गुरूङले अब जनता जागिसकेको, युवा जागिसके पनि जिकिर गरेका छन् । 
 
गुरूङको सन्देशलाई अन्तरिम सरकारप्रति युवाहरूको बढ्दो असन्तुष्टि र उत्तरदायित्वको मागको रूपमा हेरिएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै